१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता जोगाउन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियोः रविकिरण हमाल



अ+ अ-

काठमाडौँ । जेन–जी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरुको भावना विपरित सम्झौताको नाटक गरेको आरोप लगाएका छन् ।

असन्तुष्ट समूहले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेन–जी आन्दोलनलाई नै हाईज्याक गरेर सत्ता कब्जा भएको आरोप लगाएका हुन् ।

जेन–जी अगुवा रविकिरण हमालले बुधवार सिंहदरबारमा प्रधानमन्त्री सुशिला कार्की र ओमप्रकाश अर्यालको समहुले सम्झौताको नाटकमञ्चन मात्रै गरेको टीप्पणी गर्नुभयो । भदौ २३ र २४ गते नेपालको नवोदित पुस्ताको आवह्वान भएको विद्रोहलाई अपरहण गरेर, सत्ता ‘कु’ गरेर उनीहरुले नवपुस्तामाथी धोका दिएको उहाँको आरोप छ । उनीहरुले आफ्नो सत्ता जोगाउनको लागि युवामाथी घात हुने १० बुँदेको सम्झौताको नाटक गरेको र त्यसलाई परास्त गर्न आफूहरु लाग्ने बताउनु भयो । उहाँले तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र वर्तमान प्रधामन्त्री कार्की र गृहमन्त्री अर्याल सबैले युवाहरुको भावनामाथी खेलवाड गरेको आरोप लगाउनु भयो । आगामी दिनमा बन्ने सरकारले युवाहरुको भावनामा खेलवाड गर्ने सबैलाई कारबाही गर्ने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘सिंहदरबारमा सुशिला कार्की र ओमप्रकाश अर्यालको गिरोहले नाटकमञ्चन ग¥यो । जुन भाद्र २३ र २४ गते नेपालको नवोदित पुस्ताको आह्वान भएको विद्रोहलाई अपरहण गरेर, सत्ता कु गरेर सुशिला कार्की र ओमप्रकाश अर्यालको गिरोहले जसरी यो पुस्तामाथी धोका दिएको थियो । उनीहरु आफ्नो सत्ता जोगाउनको लागी हिजो सिंहदरबारमा बसेर यही युवामाथी घात हुने जुन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियो । त्यो नाटकमञ्चनलाई पुर्णतया परास्त गर्ने र त्यसलाई अस्वीकृत गर्ने काम अजय सोडारीको नेतृत्वमा भयो ।’ 

जेन–जी सरिस्मा थापाले सम्झौताले आन्दोलनलाई बैधता दिएपनि सम्झौता कार्यन्वयनमा आशंका व्यक्त गर्नुभयो । चुनावपछि अर्को सरकार बन्ने भएकोले यो सरकारसँग भएको सम्झौता आउने सरकारले कार्यन्वयन गर्नेमा आफूहरुलाई विश्वास नरहेको बताउनु भयो । वर्तमान सरकारले सम्झौतालाई दराजमा थन्काउने मात्रै काम गर्ने उहाँको दाबी छ ।




भर्खरै