२१ श्रावण २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले वास्तविक माओवादी आफूहरु नै रहेको दाबी गर्नुभएको छ ।

वागमती प्रदेश कमिटिको आयोजनामा बिहीवार भएको कार्यक्रममा उहाँले असली माओवादी आफूहरु भएपनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको बताउनुभएको हो ।

उहाँले जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित  भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफुहरु भएको जिकिर गर्नुभयो । ११ वर्षको संर्घष पछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको उहाँको भनाई छ । गत कात्तिक १९ गते पुष्पकमल दाहालले माधव नेपाल लगायतका अरु पार्टीहरुसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको बताउनु भयो । दाहाललाई माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि सैह्य नभएको उहाँको आरोप छ । उहाँले माओवादीलाई समाप्त पार्ने डिजाईन भएको बुझेर नै माओवादीलाई आफूहरुले पुनः ब्राण्डिङ गर्न लागेको बताउनु भयो । माओवादी देशको विचारधारात्मक शक्ति, ब्राण्ड, नेपाली श्रमिक जनताको धड्कन भएको उहाँको भनाई छ । नेपाली जनताको मनमनमा माओवादी, माओवादीको जनयुद्द र विचार भएको दाबी गर्नुभयो । माओवादीको नाम निशाना नराख्ने साम्राज्यवादीहरुको डिजाईनलाई असफल भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘रियलमा माओवादी हामी थियौँ । जनयुद्धका प्रतिनिधि र माक्र्सवाद, लेनिनवाद र माओवादबाट आफू निर्देशित र नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गरेर सञ्चालन गर्ने पार्टी र लिडरसीपको टीम भनेको हामी नै थियौँ । तर मलाई कस्तो लाग्छ भन्दाखेरी सार र रुपको म्याचिङ गर्नको लागी हामीले ११ वर्ष संर्घष गर्नुप¥यो । ११ वर्षपछि हामी जे थियौँ त्यही आफूलाई प्रश्तुत गर्न हामीलाई वातावरण बन्यो । विशेष गरेर गत कात्तिक १९ गते प्रचण्डजीले जसरी माधव नेपाल लगायतका अरु पार्टीहरुसंग एकता गर्नुभयो र त्यो एकतामा माओवाद पनि उहाँले परित्याग गर्नुभयो, माओवादी पनि परित्याग गर्नुभयो र माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि उहाँको निम्ति सह्य भएन । यो घटना सामान्य थिएन । १९ गतेदेखि हामीले मंसिर २ गते निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया पूरा गरेर हामीले प्रमाणपत्र लिएका थियौँ । १५ गतेदेखि १ गतेसम्मको बीचको विकसित घटनाक्रम र त्यसमा पनि कम्युनिष्ट आन्दोलनमा र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनसंग सम्बन्धित घटेका घटनाक्रमहरुलाई विशेष ढंगले हेर्दै लाष्टमा एउटा संस्लेषण, निष्कर्षमा पार्टी पुग्यो र हामीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को रुपमा आफूलाई प्रश्तुत गरेका छौँ ।’ 

उहाँले वर्तमान सरकारलाई अमेरिकी साम्राज्यवादको कठपुतली भएको आरोप पनि लगाउनु भयो । जेनजी आन्दोलनलाई साम्राज्यवादी शक्तिहरुले हडप्न खोजेको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई माओवादीले सफल हुन नदिने बताउनु भयो ।




भर्खरै