४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँस्कोटाको बचाउमा प्रधानमन्त्री, ‘दोष किटान गर्ने अवस्था छैन’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँकोटामाथि लागेको आरोप पुष्टि नभएको बताएका छन् । प्रधानमनत्री ओलीले तत्कालका लागि उनीमाथि आरोपमात्र लागेकाले अहिले नै दोषी भनेर किटान गर्ने अवस्था नरहेको बताएका हुन् ।

प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेससहतिले संसद्मा आवाज उठाइरहेका वेला उनले सो बिषयमा पहिलो पटक सार्वजनिक रुपमा बेलेका हुन् । प्रधानमन्त्रीले बाँस्कोटाको बचाउ गर्दे आरोपहरु पुष्टि नभइसहेको अवस्थामा कोही पनि दोषी नहुने स्पष्ट पारे । यद्यपि उनले आरोप पुष्टि भएमा कसैलाई पनि नछाडिने भने स्पष्ट शब्दमा बोले ।

प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरे । ‘भ्रष्टाचार भएको जस्तो गरी प्रचार गर्नु जरुरी छैन्,’ उनले भने, ‘दोष भए उहाँले सजाय भोग्नुपर्छ । अहिलेसम्म उजुरी परेको छैन ।’ सौर्य दैनिक