१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक राजनीतिको उर्जा साझा पार्टीभित्र मात्र: संयोजक मिश्र



अ+ अ-

लुम्बिनी । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपालको वैकल्पिक राजनीतिको उर्जा साझा पार्टीभित्र मात्र रहेको दाबी गरेका छन् । मिश्रले काँग्रेस, कम्युनिस्टलगायतका दलहरु सुसंस्कृत राजनीति नगरेको कारण त्यसबाट अत्तालिएर नेपाली जनता वैकल्पिक राजनीतिको खोजी गर्न थालेको बताएका हुन् । लुम्बिनीमा आयोजित साझा पार्टीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

फाइल फोटो

भ्रष्टाचारकै कारण कम्युनिष्ट नेतृत्व सरकार ढल्ने प्रबल सम्भावना बढेको हुँदा त्यसपछि सुशासन तथा सुसंस्कृत राजनीतिलाई स्थापित गर्न साझा पार्टीबाहेक अरु कसैले गर्न नसक्ने उनले दाबी गरे । कार्यक्रममा साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुद्धजन्मस्थल लुम्बिनीबाट नेपाली राजनीतिमा नयाँ आयाम थपेर फरक धारबाट वैकल्पिक राजनीतिको उर्जा प्रदान गर्न चाहेको बताए ।

सो अवसरमा राजनीतिक मामिला प्रमुख मुमाराम खनाल, संगठन विभाग प्रमुख केशव दाहाल, सांसद शोभा शाक्य लगायतले धारणा राखेका थिए ।