२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान



अ+ अ-

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकाले तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेतालाई नगदसहित सम्मान गरेको छ ।

गाउँपालिकाले आज एक कार्यक्रम आयोजना गरी पदक विजेता विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।

जिल्ला खेलकुद विकास समितिले भिमादमा आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आँबुखैरेनीले एक स्वर्ण, एक रजत र तीन कास्य पदक जितेको थियो ।

स्वर्ण पदक जित्ने एक जनालाई रु २० हजार, रजत पदक प्राप्त गर्ने एक जनालाई रु १० हजार र कास्य पदक जित्ने तीन जनालाई जनही रु पाँच हजारका दरले नगद प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो ।

तनहुँ फुटबल सङ्घद्वारा आयोजित एन्फा यु–१४ छात्र अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई नगद रु ३० हजार प्रदान गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउँदै विद्यालयस्तरदेखि नै खेलकुद विकासका लागि सहयोग गरिने बताउनुभयो । रासस