काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले पुनः पदबहाली गरेका छन् ।
सर्वोच्च अदालतले सरुवा बदर गर्दै प्राधिकरणमा फर्काउन आदेश दिएसँगै शाक्यले बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर पदबहाली गरेका हुन् ।
यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए ।
आफुलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट सरुवा गरि सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को ५ असोज २०८२ को निर्णयविरुद्ध शाक्य अदालत गएका थिए । सर्वोच्च अदालतले सोमबार मन्त्रिपरिषद्को उक्त निर्णय कानुनविपरीत भएको भन्दै खारेज गरिदिएसँगै शाक्यले आज हाजिर भएका हुन् ।










