१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण



अ+ अ-

जिउक्वान। चीनले मङ्गलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे (बेइजिङ समय) उडान भरेको थियो र उपग्रहले निर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको छ ।

याओगान–४७ उपग्रह मुख्यतः राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारी तथा न्यूनीकरणका काममा प्रयोग हुने बताइएको छ ।

याओगान–४७ले निर्धारित कक्षामा प्रवेश गरेर चीनको अवलोकन र डेटा सङ्कलन क्षमतामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण लङ–मार्च शृङ्खलाको ६१४औँ मिशन हो ।  (रासस/सिन्ह्वा)