२३ मंसिर २०८२, मंगलवार
,
Latest
‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा एनपिएलमा ३६ अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण



अ+ अ-

जिउक्वान। चीनले मङ्गलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे (बेइजिङ समय) उडान भरेको थियो र उपग्रहले निर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको छ ।

याओगान–४७ उपग्रह मुख्यतः राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारी तथा न्यूनीकरणका काममा प्रयोग हुने बताइएको छ ।

याओगान–४७ले निर्धारित कक्षामा प्रवेश गरेर चीनको अवलोकन र डेटा सङ्कलन क्षमतामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण लङ–मार्च शृङ्खलाको ६१४औँ मिशन हो ।  (रासस/सिन्ह्वा)