२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको बताउनुभयो ।

वित्तीय स्थायित्व हुन नसके आर्थिक स्थायित्वमा समेत असर पर्ने बताउँदै उहाँले बैंकिङ गतिविधिमा वित्तीय समावेशी हुनुपर्ने धारणा राख्नुभयो । अर्थमन्त्री डा खतिवडाले लघुवित्तबाट माथि उक्लिएका वित्तीय संस्थाले अन्य बैंकबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरण ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन बीमा संस्थाले गरिरहेको भनाइ राख्नुभयो । गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले पछिल्लो पटक छायाँ बैंकिङ मौलाएको बताउनुभयो ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपालले पछिल्लो समय बैंकले कृषि, ऊर्जाजस्ता उत्पादन क्षेत्रमा लगानी बढाएको जानकारी दिनुभयो । उहाँले उत्पादकत्व क्षेत्रमा लगानी बढ्यो भने व्यापार घाटा कम भई मुलुकको अर्थतन्त्रमा स्थायित्व बढ्ने बताउनुभयो । उहाँले नेपालको आर्थिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा स्थायित्व देखिएको बताउनुभयो ।