२३ मंसिर २०८२, मंगलवार
,
Latest
केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट केपी ओलीले अध्यक्षमा नयाँ मान्छेलाई अगाडी सार्नुहुन्छः विन्दा पाण्डे इजरायली आक्रमणमा यस वर्ष ६७ पत्रकारको मृत्यु सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’ एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’ भौतिक सचिव शर्मा भन्छन्– खरिदसम्बन्धि कानून बनाएर गल्ती भयो की जस्तो लाग्छ वीरगञ्ज भन्सार कार्यालयको राजश्व सङ्कलन ठप्प अष्टलक्ष्मी शाक्यको आरोपः केपी ओलीले महिलाको अपमान गर्छन् राजेन्द्र लिङदेनको प्रश्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं एनपीएलः सुदूरपश्चिमविरुद्ध टस जितेर विराटनगरले फिल्डिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताउनुभएको हो ।

सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुशी बनाउने समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न पनि ओलीलाई पार्टीले नेतृत्वमा स्वीकार गरेर अघि बढ्नुपर्ने अवस्था रहेको तर्क भयो ।

हाँले भन्नुभयो,‘हाम्रो बहस यतिखेर कहाँ केन्द्रित हुनुपर्छ भने नेपालको भावी भविष्यलाई हामी कसरी अगाडि बढाउन सक्छौँ ? र, महाधिवेशनले निर्धारण गर्ने भनेको भोलीको नेपालको भविष्य त्यो पनि समृद्ध नेपाल, सुखी नेपाली भनेका छौ । त्यो समाजजवादतिर जाने बाटो हो । यसलाई मानिसहरुले विभिन्न अर्थबाट लिन्छन् । र यसलाई विकाससँग मात्रै जोड्छन् ।, विकसित मुलुकलाई हे¥यो भने के पाउनुहुन्छ भन्दा त्यहाँ समृद्धि त छ । तर सबै जनता सुखी छैनन । त्यो भएर हाम्रो पार्टीले विशेष गरी के भन्यो भने समृद्ध नेपाल, सुखी नेपाली । त्यो उत्पादनसँग जोडिएको छ । त्यो विचारसँग जोडिएको छ । त्यो नीति भनेको समाजवादउन्मुख नीति हो । त्यो भएर यो चिजलाई केन्द्रित गरेर हामी अहिलेको यो एघारौ महाधिवेशनले नेतृत्वमा जसरी केन्द्रिकरण गर्छ । त्यो पनि केपी कमरेडकै नेतृत्वमा केन्द्रिकृत भएर हामी जानुपर्छ । गोलबन्द भएर जानुपर्छ । र, हामी जति सुदृढ र एकता हुन्छौँ, त्यति नै एमालेले जनताको कामलाई अगाडि बढाउन सक्छ । र, हाम्रो राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डता, त्यो बलियो हुन्छ । वाह्य हस्तक्षेपलाई हामी परास्त गर्नसक्छौँ । यो अहिलेको महाधिवेशन यसैमा केन्द्रित भएर जानुपर्छ ।’  
सचिव भट्टले आफूले नेतृत्वको सल्लाह अनुसारनै पार्टीको जिम्मेवारी लिने योजना बनाएको पनि बताउनु भयो ।