६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ

निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ
अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताउनुभएको छ ।

मंगलवार पू्र्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उहाँले ठेक्का तोड्ने आफ्नो इच्छाको विषय भन्दा पनि बाध्यता भएको बताउनुभएको हो । उहाँले अब नबन्ने ठेक्का तोड्दै जाने समेत चेतावनी दिनुभयो । घिसिङकाअनुसार रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको हो । घिसिङले रिजल्ट दिन नसक्ने प्रोजेक्ट म्यानेजरलाइ पनि कारबाही गरिनुपर्ने बताउनु भयो । बजेट खर्च गराउने काममा अर्थमन्त्रालय, विभागिय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उहाँको भनाइ छ ।

मन्त्री घिसिङले भन्नुभयो–‘एउटा प्रोजेक्ट म्यानेजर आउछ । त्यसले निर्णय नै नगरेर स्केप हुने, अर्को प्रोजेक्ट म्यानेजर आउछ उसले पनि निर्णय नगर्ने उसले पनि स्केप गर्ने त्यस्तालाई पनि कारबाही गर्नुपर्छ । जसले निर्णय गर्दैन, कामै गर्दैन त्यस्तालाई कारबाही गर्नुपर्छ । छानविन गरेर कारबाही गर्नुपछ । नत्र भने त कसरी प्रोजेक्ट बन्छ । प्रोजेक्ट बन्दै बन्दैन । निर्माण व्यवसायीकोतर्फबाट हेर्दा करिव २०० ठेक्का रुग्ण रहेको पाइयो । हाम्रो तर्फबाट हामीले बजेट दिन नसकेको यी सबै कारणले पनि धेरै प्रोजेक्टहरु रुग्ण छन् । त्यसलाई हामीले दण्डित गरेका छैनौँं । त्यो पनि छानविनको दायरामा आउनुपर्छ । त्यो पार्ट अझै बाँकी छ । रुग्ण आयोजनाहरु ठेकदारका कारणले मात्रै अलपत्र परेको होइन अरु पनि कारण छन् त्यसलाई पनि हामीले छानविनको दायरामा ल्याउनुपर्छ । होइन एउटा जिम्मेवार प्रोजेक्ट म्यानेजरले जिम्मेवारी नलिने, निर्णय नलिने, आफ्नो पालामा केही पनि नगर्ने प्रवृत्ति बढ्छ । अहिले अख्तियारले पनि निर्णय नगर्नेलाई पनि कारबाही हुनुपर्छ भनेको छ । त्यसैले निर्णय नगर्नेलाई  कारबाही हुनुपर्छ । समयमा निर्णय नलिदाँ कति बेफाइदा भयो हेर्नुपर्छ । ४३ करोड घाटा भयो विद्युत प्राधिकरणलाई भनेर आयो । ४३ करोड थिएन् २१ करोड जति घाटा थियो । समयमा निर्णय नगरेपछि अर्को कोटेसन माग्नुप¥यो । तत्कालिन समयमा तत्कालिन कार्यकारी निर्देशकले निर्णय नगर्दा त्यो भएको हो । एकमहीनाभित्र कोटेशन मागेपछि एकमहिना भित्रै निर्णय गर्नुप¥यो नि । आफू निर्णय नगर्ने अनि त्यसको जिम्मेबारी अरुलाई बोकाउने काम गर्नु हुँदैन । त्यसैले निर्णय एकदमै महत्वपूर्ण छ ।’

मन्त्रि घिसिङले निर्माण व्यवसायीहरुमा पनि धेरै समस्या रहेको बताउनु भयो । उहाँकाअनुसार निर्माण व्यावसायीले धेरै कन्ट्याक्टहरु ज्वाइन्ट भेन्चरमा दिन्छन् । त्यसरी दिनु राम्रो भएपनि परिणाममुखी काम भने हुन सकेको छैन । घिसिङले नेपालमा अहिले लगानी सम्मेलन भन्दा पनि कन्ट्याक्टर समिट गर्न जरुरी रहेको बताउनु भयो । कन्ट्याक्टरको क्षमता वृद्धि नगरेसम्म आयोजनाहरुको प्रगति कमजोर भइरहने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ठेकदारहरु अब एकदमै क्षमता बढाएर आउनुपर्छ । धेरै ठेकदारको क्षमतामा समस्या छ । ठूलठूला कन्ट्याक्टरहरुले अरु साथीहरुलाई ल्याउनुहुन्छ जिम्मा लगाउनुहुन्छ, कामै हुँदैन । अब डुब्नै लाग्यो भनेपछि आफैँ काम गर्नुपर्छ । उहाँहरुलाई पनि घाटा नै छ । मैले देखिरहेको छु धेरै साथीहरुको आफैँले पिकअप समेत गर्नुभएको छ । करोडौँ घाटा खाएर काम गर्नुभएको छ ।’ 

मन्त्री घिसिङले रुग्ण ठेक्का तोड्दा प्रतिशोध साँधिएको भाष्य बनाउन नहुने बताउनु भयो ।