२३ मंसिर २०८२, मंगलवार
,
Latest
देउवालाई एमालेको महाधिवेशनको निम्तो देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प एमालेको ११‍औं महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान प्रधानमन्त्रीको प्रतिबद्धता: भ्रष्टाचारविरुद्ध हदसम्मको कठोर कदम चाल्ने, धम्कि बाट नडराउने चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति? इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ चिसोले चरन सुक्दा मनाङका किसान जैविक दानातर्फ आकर्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ ।

विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ सहभागी हुनेछन् । ती सबैका लागि यही मङ्सिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको सो पार्टीले जनाएको छ ।