२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्ट युनाईटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले वल्भ्सलाई उसकै घरेलु मैदानमा ४–१ गोलले हराएको हो ।

उसका लागि ब्रुनो फर्नान्डेजले पेनाल्टीसहित दुई तथा ब्रायन एम्बेउमो र मासन माउन्टले एक–एक गोल गरे ।

वल्भ्सका जिन रिक्नर बेलेगार्डले एक गोल फर्काए । जितपछि युनाइटेड १५ खेलबाट २५ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ । वल्भ्स २ अंकका साथ पुछारमा छ ।