२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो हुनुपर्नेमा कफी कालो भएपछि…



अ+ अ-

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदैै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

स्थानीयवासी मुगीसरा लम्तरीले तुसारोका कारण यस वर्ष कफी नटिपिएको र टिप्न नपाउँदै झर्दा आम्दानी हुन नसकेको बताउनुभयो । कफी खेती गरी घर खर्च चलाउने यहाँका किसानले यसपालिका उत्पादित कफीबाट मनग्ये आम्दानी लिन नसकेका हुन् ।

उहाँले कफीबाट गत वर्षमा दश १५ हजारभन्दा बढी आम्दानी गरेको र यसपटक आम्दानी लिन असफल भएको गुनासो पोख्नुभयो । स्थानीयवासीले कफीमा तुषारोका कारण रोग लागे भनेपनि प्राविधिकरुपमा कुन रोग लागेको पहिचान हुन सकेको छैन । सुकदमारका कफी खेती गर्ने किसानलाई प्राविधिक ज्ञानको अभाव छ । अहिले रोग लागेपछि त्यसको रोकथाम चुनौती देखिएको छ ।

कफीका देखिएको रोगको पहिचान गरी उन्मूलन गर्न नसकेकोे लम्तरीले बताउनुभयो । कम लगानीमा प्रशस्त आम्दानी हुँदा पाल्पाका किसान कफी खेतीतर्फ आकर्षित हुँदै आएका थिए तर, स्थानीयवासीले प्रशस्त आम्दानी गर्न कफी लगाए पनि यसमा रोगले आक्रमण गरेपछि किसान चिन्तित बन्नुपरेको स्थानीयवासी लिलाबहादुर बरालले बताउनुभयो ।

जिल्लामा गत आर्थिक वर्ष २०७५÷०७६ मा २५ ट्रन कफी उत्पादन भएको थियो । जिल्लाको तानसेन नगरपालिका, रैनादेवी, बगनासकाली गाउँपालिका व्यावसायिक रुपमा कफी खेती हुँदै आएको छ । जिल्ला कफी सङ्घका अनुसार कफी व्यावसायिक वार्षिक रु २५ हजारदेखि तीन लाखसम्म आम्दानी हुँदै आएको छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत यस गाउँपालिकामा एक करोडको कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले गाउँपालिका क्षेत्रबाट वार्षिक रु एक करोडभन्दा बढी कफी जिल्ला बाहिर निकासी हुने बताउनुभयो ।

बाँदरले अन्न बालीमा क्षति गर्न थालेपछि यहाँका किसानले व्यावसायिक रुपमा कफी र दालचिनी उत्पादन गर्दै आएका थिए । व्यावसायिक रुपमा उत्पादित कफी खेतीमा समेत रोग लागेपछि किसान चिन्तित बनेका हुन् । कफी स्थानीयस्तरमा सङ्कलन गरी रुपन्देही जिल्लामा निर्यात हुन्छ । जिल्लामा उत्पादित कफी काठमाडौँ हुँदै विदेशमा समेत निर्यात हुन्छ ।

गत वर्ष राम्रो आम्दानी हुँदै आएको यस वर्ष कफी खेती राम्रो उत्पादन भए पनि फलबाट आम्दानी लिने वातावरण नभएको जनाइएको छ । जिल्लाको पश्चिम क्षेत्रको रैनादेवी छहरा गाउँपालिकाको सत्यवती, जुठापौवा, बल्ढेगढी, सुकदमार, चिदीपानी, काउले, गहतेमा व्यावसायिक रुपमा कफी खेती हुँदै आएको छ । पछिल्लो समय रोगका कारण किसान चिन्तित छन् । स्थानीय तहमा कफी सङ्कलन केन्द्र स्थापना गरी व्यावसायिक बनाउन सकेको अवस्था कफी खेतीबाट युवाले प्रशस्त आम्दानी गर्न सक्ने व्यवसायीको दाबी छ ।