१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने



अ+ अ-

काठमाडौँ। सरोकारवाला संस्थाहरुले नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ प्रभावकारी, करुणामय र परिवार केन्द्रित बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन ।

आज यहाँ आयोजित ‘क्यान्सर सर्भाइभरसिप’ तथा ‘पेडियाट्रिक प्यालियटिभ केयर’ (बाल चिकित्सा प्रशामक सेवा) विषयमा केन्द्रित बैठक बसेको थियो ।

कान्तिबाल अस्पतालको आयोजनामा बसेको सो बैठकले क्यान्सरसँग सङ्घर्ष/लडाईँ अनुभव गरेका बालबालिका, अभिभावक, स्वास्थ्यकर्मी, राष्ट्रिय एवं अन्तरराष्ट्रिय सरोकारवाला संस्थालाई एकै मञ्चमा ल्याई कथा सुन्न, चुनौती पहिचान गर्न र आगामी कदम तय गर्न सहयोग पुगेको बताइएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल बाल रोग विशेषज्ञ समाज, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोईराला मेमोरियल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न बाल क्यान्सर उपचार इकाइका प्रतिनिधि तथा अन्य साझेदार संस्थाहरूको उपस्थिति थियो ।

नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको सहयोग तथा रमेश गुप्ता मेमोरियल ट्रस्ट र वल्र्ड चाइल्ड क्यान्सरद्वारा सञ्चालित ‘ब्रेथ’ परियोजनाअन्तर्गत सम्पन्न बैठकमा क्यान्सरबाट बचेकाहरूको अनुभव, अभिभावकका चुनौती, र स्वास्थ्यकर्मीहरूको प्यालियटिभ केयरसम्बन्धी प्रस्तुति एवं जानकारी आदान प्रदान गरिएको थियो । रासस