२२ मंसिर २०८२, सोमबार
,
Latest
भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ



अ+ अ-

काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिनुभएको छ ।

सोमवार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिनुभएको हो ।

उहाँले प्रधानमन्त्रीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको बताउनु हुँदै उहाँले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताउनु भयो । प्रधानमन्त्री कार्कीले आफूहरुका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताउनुभएको पनि प्रसाईंले जानकारी दिनुभयो । २०६२—०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताउनु भयो । सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रा माग प्रधानमन्त्री र गृहमन्त्रीले राम्रोसँग सुन्नुभयो । तपाईंका माग भनेका जनजीविकोपार्जन माग हुन् । यि मागहरु कम्युनिष्टले बोकेर हिँड्ने माग हुन् । तर कम्युनिष्टहरुले यही भ¥याङ बनाएर अर्बौं रुपैयाँ कमाए । त्यो ठाउँमा म भए अहिले मुख्यसचिव बोलाएर भन्थेँ भनेँ । सबै कुरा अध्ययन गरेर, म छलफल गर्दछु र पुसको २ गते निर्णय दिन्छु । तपाईंहरुले भनेको जस्तै निर्णय दिन्छु भन्नुभएको छ । २०६२—०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने थिएन । राजसंस्था फ्याँक्ने थिएन । कसरी भयो ? इँजार जहाँ गाँठो परेको हो त्यहीँ फुकाउनुपर्छ । चंगाको धागो चहाँ चुँडिएको हो त्यहीँ गाँस्नुपर्छ । चुनाव हुँदैन, आशै नगर्नु । उहाँलाई व्यवस्था ठिक छैन भनेँ । तपाईंले पनि नाती खेलाउने व्यवस्था ल्याउन जनमत संग्रहमा जाऔँ, यो व्यवस्था ठिक छ की छैन भनेर भनेको छु । सबै विषयमा जनमत संग्रहमा जाऔँ भनेको छु । उहाँले सही डिसिजन दिनुभएन भने चुनाव हुँदैन ।’

संरक्षक प्रसाईंले किराँत, बौद्धसहितको हिन्दु अधिराज्य र राजसंस्थाका सन्दर्भमा र अहिलेको व्यवस्थाका सम्बन्धमा जनमत संग्रह गर्न आग्रह गर्नुभयो ।—न्युज एजेन्सी नेपाल