१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा



अ+ अ-

झापा। प्रादेशिक अस्पताल भद्रपुरमा आजदेखि नवजात सघन उपचार कक्ष (एनआइसीयू) सेवा सञ्चालनमा आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताकाअनुसार करिब १२ वर्षअघि आवश्यक उपकरण खरिद गरिएपनि जनशक्ति अभावका कारण सेवा सुरु हुन सकेको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमा नवजात शिशुको उपचारका लागि एनआइसीयू उपकरण उपलब्ध गराएको थियो ।

स्वास्थ्य मन्त्रालयले हाल चार जना डाक्टर उपलब्ध गराएसँगै अस्पतालको पुरानो भवनमा एकैपटक तीन नवजात शिशुलाई एनआइसीयूमा राखेर उपचार गर्न सकिने गरी व्यवस्थापन भएको डा गुप्ताले जानकारी दिनुभयो ।

जनशक्ति उपलब्ध भएपछि विगत १२ वर्षदेखि अस्पतालको ‘स्टोर’मा राखिएका उपकरण प्रयोगमा ल्याइएका हुन् । एनआइसीयू सेवा सञ्चालनमा आएसँगै उक्त सेवा लिन निजी अस्पताल तथा क्लिनिकमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

हाल एनआइसीयूमा चार जना डाक्टर, नौ जना स्टाफ नर्स र चार जना सुरक्षागार्ड खटिएका छन् । सङ्घीय सरकारले डाक्टर उपलब्ध गराए पनि अन्य जनशक्ति प्रादेशिक अस्पतालकै भएको डा गुप्ताले बताउनुभयो । रासस