६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सभापति देउवाले विभाग गठन गर्दा पौडेल समूह किन भए असन्तुष्ट ?

सभापति देउवाले विभाग गठन गर्दा पौडेल समूह किन भए असन्तुष्ट ?
अ+ अ-

काठमाडौं । नियमित कार्यकाल सकिनु दुई दिनअघि सभापति शेरबहादुर देउवाले विभाग गठन गरेका छन्। उनले शनिबार एक दर्जन विभागमा प्रमुख मनोनीत गरेका हुन्। ४७ मध्ये १३ विभागमा प्रमुख मनोनीत गरिएको छ। पार्टी विधानअनुसार महाधिवेशनको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। संगठन विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वयमा रमेश रिजाल, मुस्लिममा फरमुल्लाह मन्सुर र स्थानीय तह समन्वयमा अर्जुनप्रसाद जोशी मनोनीत भएका छन्।

सभापति देउवाले वित्तीय तथा सहकारी संस्था समन्वयमा आनन्दप्रसाद ढुंगाना, तराई–मधेस समन्वयमा अजयकुमार चौरसिया, यातायात व्यवसायी समन्वयमा महेन्द्र यादव, तरुणमा शंकर भण्डारीलाई जिम्मेवारी तोकेका छन्। आदिवासी जनजातिमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वयमा गोविन्द भट्टराई, उद्योग व्यापारमा चीनकाजी श्रेष्ठ, सूचना, सञ्चार तथा प्रचारमा प्रवक्ता विश्वप्रकाश शर्मा र श्रमिक तथा ट्रेड युनियनमा शिवप्रसाद हुमागाईंलाई जिम्मेवारी दिइएको छ। १३ विभाग प्रमुखमध्ये १२ जना सभापति देउवा निकट हुन् भने हुमागाईं कृष्णप्रसाद सिटौला निकट मानिन्छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल फागुन १९ गते सकिँदै छ। पार्टीले अर्को वर्ष फागुन ७ देखि १० गतेभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी एक वर्ष कार्यकाल थप्ने निर्णय यसअघि नै गरिसकेको छ। सभापति देउवा बाँकी विभाग पनि चाँडै गठन गर्ने तयारीमा छन्। उनले शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई टेलिफोनमार्फत विभागमा बस्ने नेताहरूको नाम दिन आग्रह गरेका थिए। तर नेता पौडेलले कार्यकालको अन्तिममा विभाग गठनको औचित्य नरहेको भन्दै नाम नदिने जवाफ दिएका थिए। पौडेलनिकट नेता प्रकाशमान सिंहले विभाग गठनप्रति असहमति जनाएका छन्। उनले १४ औं महाधिवेशनलाई प्रभावित गर्ने गरी कार्यकालको अन्तिममा विभाग गरिएको भन्दै असन्तुष्टि जनाए।

‘पार्टीको महाधिवेशनको मिति तोकिइसकेपछि आचारसंहिता लागू भइसकेको छ। यो त महाधिवेशनलाई प्रभावित गर्ने नियतले गर्नुभएको छ,’ नेता सिंहले भने, ‘१३ औं महाधिवेशन सकिएको दुई महिनाभित्र गठन गर्नुपर्ने हो। विधानले निर्देशित गरेका कार्य गर्न र संगठनलाई पूर्णता दिन हामीले बारम्बार भन्दै आएका हौं। उहाँले त्यो गर्नुभएन।’

पाँच आमन्त्रित सदस्य थप:सभापति देउवाले पाँच आमन्त्रित सदस्य पनि मनोनीत गरेका छन्। मनोनीत हुनेमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ) छन्। अन्नपुर्णपोष्ट दैनिक