मिस मगर तनहुँ २०२० को उपाधी करिना कुवर मगरले जितेकी छिन् । शनिवार दमौलीमा भएको मिस मगर तनहुँको फिनाली कार्यक्रममा अन्य प्रतिस्पर्धीलाइ पछि पार्दै उनले उपाधी जितेकी हुन । प्रतियोगितामा जुनु सारु मगर फष्टरनर अप र प्रमिला पाटा मगर सेकेण्ड रनर अप भइन।
प्रतियोगितामा सपना पाटा मगरले भ्युअर च्वाइसको उपाधी हात पारिन् । मिस तनहुँ २०२० तनहुँ इभेन्ट म्यानेजमेन्ट, न्यू क्रियसन म्यानेजमेन्ट र नेपाल मगर संघले आयोजना गरेको थियो ।
व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।