३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने



अ+ अ-

काठमाडौँ। टेनिसकी युवा खेलाडी शिभाली गुरुङले ग्राण्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपन खेल्ने पक्का भएको छ ।

नेपालबाट ग्रान्डस्लाम खेल्ने पहिलो खेलाडीको ईतिहास रच्दै शिभालीले अर्को महिना सुरु हुने अष्ट्रेलियन ओपन टेनिस खेल्ने पक्का भएको हो । शिभालीले अष्ट्रेलियन ओपनको १४ वर्ष मुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्नेछिन् । अष्ट्रेलियाको मेलवर्नमा हुने प्रतियोगिता सन् २०२६ को जनवरी १४ देखि ३० तारिकसम्म सञ्चालन हुनेछ ।

शिभाली ग्रान्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी हुन् । उनले उमेर समूहको प्रतियोगितामा उच्च प्रर्दशन गर्दै ग्रान्डस्लामसम्मको यात्रा तय गरेकी हुन् । शिभाली हाल १४ वर्ष मुनिको एसिया वरियताको तेस्रो नम्बरमा छिन् ।

नेपालबाट एसियाको तेस्रो वरियतामा पुग्ने उनी पहिलो खेलाडी हुन् । शिभालीले ग्राण्डस्लाम प्लेयर डेभलोपमेन्ट प्रोग्राम आईटिएफ एटिएफ अन्तर्गत टेनिस टू युरोप कार्यक्रम अन्तर्गत फ्रान्स, जर्मनी, बेल्जियम लगायत देशको भ्रमण गरेकी थिईन् ।

शिभालीले शुक्रबार मात्र पोखरामा सम्पन्न आइटिएफ जे ३० फस्ट विक प्रतियोगितामा सिंगल्स र डबल्स विधामा दुई स्वर्ण पदक जितेकी छिन् । भर्खरै १४ वर्षमा प्रवेश गरेकी शिभाली आईटिएफ जे ३० प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् ।