१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु



अ+ अ-

दोलखा। दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

यहाँको तामाकोशी–मन्थली सडकअन्तर्गत बैतेश्वर गाउँपालिका–६ स्थित तामाकोशी नदी नजिकै आज भएको मोटरसाइकल दुर्घटनामा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका ३० वर्षीय अङ्कितराज उप्रेतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मेलुङ गाउँपालिका–१ पवटीका  ३० वर्षीय दोर्जे लामा घाइते भएका र उहाँको  अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिनुभयो । रासस