१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको रिपुम गुम्बामा आगालागी



अ+ अ-

गोरखा। गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिनुभयो ।

आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो । त्यहाँ लामासहित ६० जना भिक्षुहरु बस्ने गरेको र आगलागीको कारण भने खुल्न सकेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरीचौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङको टोली खटेको र क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको उहाँले बताउनुभयो

यहाँको रिपुम गुम्बा एक हजार वर्षभन्दा पुरानो रहेको मानिन्छ । आगलागी भएको लामाको आवास भवन भने ४० वर्ष पुरानो हो । रासस