२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो



अ+ अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा  अर्धशतकको सङ्ख्या ३५ पुगेको छ । आज जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३५ पुगेको हो ।

उनले आज कर्णाली याक्सविरुद्ध ३७ बलमा एक चौका चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनको जारी सिजनमा दोस्रो अर्धशतकसमेत हो ।

यस सिजनमा ३५ अर्धशतक जोड्नेमा २९ खेलाडी छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले र  कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै , सुदूरपश्चिम रोयल्सका  विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन ईशान पाण्डे, विराटनगर किंग्सका  लोकेश बम, साम हिजलेट, फाफ डू प्लेसिस,  मार्टिन गुप्टिल,  बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, रिसि धवन, चितवनका  डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका भीम सार्की,  जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका  डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।