काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ ।
कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेल्दै ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो । २
जनकपुरका सञ्जयकाले सर्वाधिक ५१ रन बनाए। ३९ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे। संगित कोरे २५ रनमा आउट हुँदा अन्यको ब्याटिङ भने चल्न सकेन।
कर्णालीका विलियन बसिस्टोले सर्वाधिक २ विकेट लिए। मार्क वाट, पवन सर्राफ, दीपेन्द्र रावत, नन्दन यादव र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो।
कर्णालीका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए। ३२ बल खेलेका उनले समान एक चौका र छक्का प्रहार गरे।
गुल्सनकुमार झा १९, प्रियांक पन्चाल १८, विलियम बसिस्टो १५ रनमा आउट हुँदा कप्तान सोमपाल कामीले अविजित १८ रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
जनकपुरका ललितनारायण राजवंशी र आदित्य महताले समान २ विकेट लिए।










