८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिने भएको छ। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आगामी बुधबार गरिने भएको हो ।

आईतबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी गराउनुभयो,’ श्रेष्ठले भने, ‘सोमबार नै प्रधानमन्त्री उपचारका लागि शिक्षण अस्पतालमा भर्ना हुनुहुन्छ।’

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका थिए। त्यसपछि उनले नियमित डायलासिस गरिरहेका थिए।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि ९९ प्रतिशत तयारी पूरा भइसकेको अस्पतालका चिकित्सकहरूले बताएका छन्।