१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता लिन आग्रह’



अ+ अ-

काठमाडौं । समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टीका सांसद सरिता गिरीले सरकारले आफ्नो असफलता लुकाउन करको दायर बढाएको भन्दै फिर्ता लिन माग गर्नुभयो । संसदको सार्वभौमिकता मिचेर चोरबाटोबाट मन्त्रिपरिषदले कर थप्ने निर्णय गर्न नसक्ने भन्दै उहाँले पूर्वाधार विकास करको नाममा पेट्रोलमा सतप्रतिशत कर बढाउने निर्णयको घोर निन्दा गर्नुभयो ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले बुढिगण्डकी निर्माणका लागि डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने निर्णय गरेको भएपनि अहिले सरकारले पूर्वाधार विकास करको नाममा १० रुपैयाँ लिने निर्णय गर्नु उचित नभएको बताउनुभयो । आयल निगमले प्रदुषण कर, रोड करका नाममा उपभोक्ताबाट कर लिइरहेको उल्लेख गर्दै उहाँले सरकारले जनतालाई मुर्ख बनाएर दोहोर कर लगाइएको बताउनुभयो । गत माघ १२ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वधार विकास करको दर परिमार्जन गर्दै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ कर बढाउने निर्णय गरेको थियो ।