२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अवलोकन गर्नुहुने भएको छ ।

भण्डारी आइतबार दिउँसो सिंहदरबार पुगेर क्षति पुगेका भवन तथा संरचनाको प्रत्यक्ष अवलोकन गर्ने कार्यतालिका तय भएको हो।

पूर्वराष्ट्रपतिले निरीक्षणका क्रममा प्रधानमन्त्री सुशीला कार्कीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँका निकटस्थ स्रोतहरूले जानकारी दिएका छन्।

“सिंहदरबारमा आगजनीपछि क्षति पुगेका भवनहरूको अवलोकनका लागि उहाँ जान लाग्नुभएको हो,” स्रोतले भन्यो, “सो क्रममा प्रधानमन्त्री कार्कीसँग पनि भेटवार्ता हुनेछ।”

सिंहदरबारमा भदौ २५ मा भएको आगजनीले विभिन्न कार्यालय कक्ष तथा ऐतिहासिक संरचनाहरूमा ठूलो क्षति पुगेको थियो।