२७ भाद्र २०८३, शनिबार
,
Latest
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा नेपाल भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्थगित



अ+ अ-

काठमाडौं । सरकारले चीनबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएर महामारीको रुप लिन थालेपछि नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले जारी भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।

चीनको वुहानबाट सुरु भएको मान्छेबाट मान्छेमा तीव्र गतिमा सर्ने कोरोना भाइरस (कोभिड १९) विश्वका ४५ भन्दा धेरै मुलुकमा फैलिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले २० लाख पर्यटक ल्याउने गरी थालेको पर्यटन वर्ष २०२० स्थगित गरेको हो। जनवरी १ का दिन एक भव्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भ्रमण वर्ष ठ्याक्कै २ महिनापछि स्थगित भएको हो।

कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न सरकारले विशेष तयारी थाल्ने भएको छ। त्यसकै कारण सन् २०२२ मा आयोजना गर्ने गरी यो सालको भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेको स्रोतले जानकारी दिएको छ। भ्रमण वर्ष स्थगित भएकोबारे औपचारिक जानकारी आगामी बिहीबार प्रवक्ता डा. युवराज खतिवडाले गराउनेछन्। त्यसैगरी भ्रमण वर्ष सचिवालयले पनि यसबारेमा जानकारी गराउनेछ।