२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दवाव दिईरहेको बताउनुभएको छ ।

शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पती शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको जिकिर समेत गर्नु भयो । उहाँले सम्पती सुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकलको व्यक्ति ल्याएको समेत बताउनु भयो । अध्यक्ष ओलीले सरकारले राजदुत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीजी भन्नु हुन्छ–प्रमाण तयार गर्नुन, प्रमाण तयार । मैले थुप्रै ठाउँमा भनेको छु–प्रधानमन्त्रीजीले सम्पत्ति सुद्धिकरण विभागका प्रमुख कि के छ, बोलाएर ३ पटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस । गिरफ्तार गर्नु प¥यो भन्ने माग गर्नुस भनेर उहाँले अनेक दबाब दिनुभयो । त्यहाँका डाईरेक्टरले यस्तो झुटो कामहरु म गर्न सक्दिन , गैरकानूनी काम पनि गर्न सक्दिन, कानुनमा यस्तो छैन । र म एउटा कर्मचारी भएर त्यस्तो गर्न सक्दिन । अव कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भनेपछि ती डाईरेक्टरलाई त्यहाँबाट तुरुन्त हटाईयो । अर्को डाईरेक्टर ल्याइयो । प्रधानमन्त्री यस्तो हुनुहुन्छ भने यो भन्दा दुखद स्थिति के हुन्छ ? उहाँहरु एक थोक काम गर्नुपर्ने अरुअरु गरिरहनुभएको छ । राजदुत फिर्ता बोलाउनु हुन्छ, अरु अरु काम गर्नुहुन्छ । अध्यादेश जारी गर्नु हुन्छ, जुन सरोकारको विषय होइन ।’ 

अध्यक्ष ओलीले सरकार अवैधानिक भएको भन्दै यसले अध्यादेश ल्याउने काम गर्न नहुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल