१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

परिवर्तनको वेगले नउडाएको ‘धुलो’

परिवर्तनको वेगले नउडाएको ‘धुलो’
अ अ+ अ-

काठमाडौं । करिव २ दशक सानो पर्दामा काम गरेका निर्देशक प्रद्युम्न मिश्रको पहिलो कथानक चलचित्र धुलो प्रदर्शनमा आएको छ। सुकुम्वासी वस्तीमा बस्ने ठेला गाडा चालक मजदुरहरुको जीवनसंग सम्वन्धित कथावस्तु रहेको चलचित्रले त्यहि सेरोफेरोमा रहेर उनीहरुको कथा प्रस्तुत गरेको छ ।

देशभरीका हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘धुलो’ले ठेला गाडा र रिक्सा चालकहरुको जीवन, उनीहरुको संघर्ष, भोगाइ र अनुभवलाई प्रस्तुत गरेको छ ।

टेलिचलचित्र र वृत्रचित्रको निर्देशक हुँदै चलचित्र निर्देशनमा डेव्यू गरेका प्रद्युम्न मिश्रको पहिलो प्रयासमा थिएटरका स्थापित कलाकार अग्रज केसी र कलाकार बुद्धी तामाङको गहकिलो अभिनय चलचित्रमा रहेको छ । यसैगरी सृजना सुब्बा, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीले मुख्य भूमिकामा अभिनय गरेका छन् । अधिकांश नयाँ कलाकार रहेको चलचित्रमा नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवाको विशेष भूमिका देख्न सकिन्छ ।

चलचित्रको पर्दामा भक्ते बनेर अभिनय गरेका बुद्धी तामाङ र सुर्ज बहादुर बनेका अग्रज केसीको मित्रता, सुख-दुःखमा साथ र सहयोग र उनीहरुको सम्वन्धमा आएको उतार चढावकाबीच कथा अघी बढेको छ । संगै ठेला गाडा चलाउने भक्ते दुर्घटनामा परेका बेला केही सहज जीवनको अपेक्षा गर्ने सुर्ज बहादुरले रिक्सा किनेपछि दुई जनाबीचको सम्वन्धमा देखिएको असमझदारी र त्यसलाई सुल्झ्याउन भएका प्रयास र गरिवीका कारण उनीहरुले भोग्नुपरेको सामाजिक विभेदको प्रस्तुती चलचित्रमा छ । यसका साथै सुर्जेको मायामा परेको भट्टी सञ्चालकको रुपमा सृजना सुब्बा र रिङटोनका भूमिकामा बालकलाकार सुदीप कार्कीको भूमिका तारिफयोग्य छ । पहिलो पटक ठूलो पर्दामा खलपात्रको भूमिकामा देखिएका दामोदर गजुरेल टोले गुण्डा टपेको भूमिकामा ठीकै देखिएका छन् । कवाडी साहु बनेका निर्देशक मिश्रको फाइदा लिने तर अफ्ठ्यारो पर्दा सहयोग गर्ने व्यवहारलाई सामान्य नै मान्न सकिन्छ । तर अन्य सहायक कलाकारहरुको भूमिकालाई भने निर्देशकले न्याय गर्न सकेका छैनन् ।
फागुन १६ गतेबाट प्रदर्शनमा आएको धुलो माफर्त चलचित्रका कथा, पटकथा र संवाद लेखेका सुवास सिंह बस्नेतले नेपाली समाजको अर्गानिक विषयवस्तु पस्किएका छन् । देशमा ठूलो राजनितिक परिवर्तन भए पनि त्यसको अनुभूति र सामाजिक विभेद अन्त्यको सुखानुभूती गर्न नसकेको निम्न वर्गको समस्या सुवासको कथामा छ । एउटै किसिमको लोकेसन भएपनि छायाङ्कनमा देखिएको विविधता र फरक दृश्यलाई क्यामरा मार्फत कैदगर्न रविन आचार्य सफल नै रहेको मान्नु पर्छ । चलचित्रको सम्पादनमा लामो समय विताएका अर्जुन जिसीको सम्पादनमा पनि खोट लगाउने ठाउँ छैन् ।

सुरुमा केही ढिलो गरी अघि बढेको र धेरै कुरा एकै पटक दिदा अलमलिएको जस्तो देखिएको चलचित्रको कथावस्तुले मध्यान्तर पछि भने गति लिएको छ । चलचित्रले अर्गानिक सामाजिक विषयवस्तुको उठान गरेको भएपनि पर्दामा त्यसको बलियो र संझनलायक प्रदर्शन दिन भने चुकेको छ ।
चलचित्रमा दुई पटक टेलिभिजन समाचारको सन्दर्भ दिएर आन्दोलनको प्रसंग उठाइएको छ । केहि बर्ष यता देशमा राजनीतिक आन्दोलन, हड्ताल एवम् बन्द नभएका कारण र दर्शकले समसामयिक विषयवस्तु खोजिरहेको अहिलेको अवस्थामा चलचित्रको कथावस्तु केही पुरानो लाग्न सक्छ – विशेषगरी युवा दर्शकका लागि । यो पाटोमा निर्माण पक्षले ध्यान दिन नसकेको भान हुन्छ ।

गीत नहाल्दा पनि हुने विषयवस्तु भएको चलचित्रमा तीनओटा गीतको प्रयोग गरिएको छ । सामाजिक विषयवस्तु त्यसमा पनि व्यवसायिक उद्धेश्य नराखिएको चलचित्रको दोस्रो हाफमा विना आवश्यकता नै राखिएको आइटम गीत दर्शकलाई जवरजस्ती हेर्नुपर्ने बनाइएको छ । तथापि केशव मिश्र र दीपक समिरको शब्द तथा जुगल डंगोल र शंकर थापाको संगीत राम्रो छ । निर्देशक मिश्रले भनेजस्तै विभिन्न खण्डमा सेन्सर बोर्डको कैचीं चलेर नै होला धेरै स्थानमा कथाको बहाव सहज नभइ स्टोरी जर्कले दर्शकलाई अलमल्याउछ । पार्श्व संगीतलाई अझ बढी राम्रो बनाउन सकिन्थ्यो ।

तथापि चलचित्रले नेपाली समाजमा विद्यमान गरिवीको रेखामुनी रहेका मजदुर वर्गको वास्तविक भोगाईलाई क्यामरा मार्फत पर्दामा उतार्न धेरै हदसम्म सफल भएको छ । सामान्य मानिसको खुसि र संसार पनि सानै र सिमित हुन्छ र त्यही सपना पूरा गर्ने प्रयत्न गर्दा गर्दै जीवन सकिन्छ भन्ने यथार्थपरक विषय धुलोको नामबाट पर्दामा आएको छ । देशका विभिन्न भागबाट काठमाडौं शहरमा रहर खोज्दै आएकाहरुको संघर्ष, स(साना विषयहरुमा उनीहरुबीचको द्वन्द्व, माया, प्रेम र सहकार्य संगै उनीहरुको बाध्यताको फाईदा उठाउने तत्वहरुको प्रस्तुती जोडदार छ । चलचित्रको अन्त्य स्वभाविक नभएको अनुभव दर्शकले गरेपनि कथाको नाम अनुरुप आम मानिस र तिनका सपना धर्तीको धुलो बराबर नै हो भन्ने सन्देश दिएर सकिने चलचित्रको कथालाई निर्देशक मिश्रले निरन्तरता दिने उद्धेश्य राखको पनि हुनसक्छ । चलचित्र हेर्ने जोकोहीले गरीव मजदुरहरुको कथा व्यथा भने राम्रै संग बुझ्न सक्दछन् ।