१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव

मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
अ अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताउनुभएको छ ।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरुको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताउनुभएको हो । उहाँले मेलम्चीका स्थानीयहरुको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताउनु भयो । मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको जानकारी दिनुभयो । मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गर्नुभयो । मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै  मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिने आशा रहेको बताउनु भयो ।

उहाँले अहिले आन्दोलन गर्ने बेला नभई एक अर्कालाई सहयोग गर्ने समय रहेको बताउनु भयो । उहाँले बाढी पहिरोले खानेपानीमा मात्रै करिव साढे ३ अर्बको क्षति पुर्‍याएको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाका खानेपानी संरचनामँ पनि धेरै क्षति गरेको बताउनु भयो । महांकाल मैदानमा भएका मेसिनरी वस्तुहरुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको बताउनु भयो । उहाँले विपद् व्यवस्थापनबाट खानेपानी पुन:निर्माणको काम गर्ने तयारी गरेको बताउनु भयो । उहाँले केही समयपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने बताउनु भयो । उहाँले सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीमार्फत चल्ने मेसिन मर्मत गर्ने,नयाँ मसिन खरिद गरी काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बाढी पहिरोले खानेपानीमा मात्रै करिब साढे ३ अर्बको क्षति पुर्‍याएको छ । अझै डाटा संकलन गर्ने काम गरिरहेका छौं । काठमाडौं उपत्यका खानेपानीमा पनि धेरै क्षति गरेको छ । महाकाल चौउरमा भएका मेसिनरी वस्तुहरुसबै क्षति भएको अवस्था थियो । कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको अवस्था छ । नख्खुको सबै पम्प हाउस सबै बगाएको थियो । पनौतीमा खानेपानीका दुई किलोमिटर पाइप बगाएको छ । महोतरीमा पनि क्षति भएको छ । पहाडी जिल्लामा पनि क्षति भएको छ । अहिलेको संरचनाले काम गर्न सक्ने अवस्था छैन । विपद् व्यवस्थापनबाट काम गर्ने तयारी गरेका छौ । केही समयपछि क्षति भएका संरचनाहरु पुननिर्माण हुन्छन् । सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीले पनि धेरै मेसिन खरिद गरेको छ । मर्मत गरेर चल्ने मेसिनहरुलाई चलाउने प्रयास पनि गरिरहेका छौं ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने विषयमा हामी गम्भिर छौँ । वर्षातको समयमा रोक्ने गरिन्छ । ४ महिना बन्द गरेर बाँकी ८ महिना खुला हुन्छ । विगतमा हेलचेक्राँई भएको थियो । यो वर्ष त्यस्तो हुँदैन । यो वर्ष मेलम्चीको पानी दशैँअघि काठमाडौंवासीलाई खुवाउने लक्ष्य छ । वर्षातको असरका विषयमा मौसम विभागको सल्लाहअनुसार खोल्छौं । मौसम हेरेर सकेसम्म दशैं अघि खोल्ने लक्ष्य छ । तर स्थानीय बासीको अवरोध पनि छ । चार किसिमको अवरोध छ । बाढी पहिरोको क्षति,स्थानीय गाउँपालिकाको भवन बनाउनु पर्ने,सिएमसी ठेकदारले स्थानीय व्यापारीको पैसा भागेकाले पैसा दिनुपर्ने र सडक बनाउनुपर्ने माग छ । स्थानीयहरुसँग वार्ता चलिरहेको छ । वार्ता सहमतिको नजिकमा छ । मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिनुहुन्छ भन्ने आशा छ । अहिले आन्दोलन गर्ने बेला होइन एक अर्कालाई सहयोग गर्ने बेला हो । सरकारलाई सहयोग गर्न अनुरोध गरेको छु । वार्ताबाट सहज रुपमा पानी खोल्ने विषयमा सहमति भयो भने भयो नभए मेलम्चीका स्थानीयहरको घरमा नै जान्छु ।’

काठमाडौं उपत्यकामा मेलम्चीको पानी दशैँअघि ल्याउने तयारी गरिरहेको बताउनु भयो । उहाँले मौसम विभागसँगको सल्लाहमा मेलम्चीको खानी खोल्ने सरकारको तयारी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल