१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै

‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै
अ अ+ अ-

काठमाडौँ । धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गर्नुभएको छ । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुग्नुभएका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफ: द प्रोफेसनल्स–२०२४’ जितेपछि उहाँको चर्चा थप चुलिएको छ ।

इन्टरकन्टिनेन्टल लन्डन ओटुका तर्फबाट नारायण र भारतका तनुज शर्माको जोडीले लण्डनमा भएको प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा नारायण र तनुजसँगै रोयल एयरफोर्स क्लबका गेरोल र माइकल तथा सोको प्याटिसेरीका भरत र जोन अन्तिम तीन टोलीमा छानिन सफल भएका थिए ।

फाइनलमा १२ टोलीबीच भएको प्रतिस्पर्धामा नारायण र तनुजले ‘गडुदा’ शीर्षकको प्रतियोगितामा आफ्नो सिर्जनशीलता प्रस्तुत गर्दै उपाधि जित्नुभएको हो । चाँगुनारायणको प्राचीन अभिलेखसँग सम्बन्धित गडुदा नेवारी संस्कृतिको महत्वपूर्ण परिकारमध्येको एक हो ।

छनोट प्रतियोगिताको निर्णायकमा चेरिस फिन्डेन र बेनोइट ब्लिन हुनुहुन्थ्यो ।

‘बेक अफ: द प्रोफेसनल्स–२०२४’ विश्वकै प्रतिष्ठित र निकै प्रतिस्पर्धात्मक बेकिङ प्रतियोगिता मानिन्छ । प्रतियोगितामा सेफ नारायणले चिनी, चकलेट, चाउ पेस्ट्री र पाटे सुक्रे जस्ता प्रविधिगत क्षेत्रमा आफ्नो दक्षता देखाउनु भएको थियो ।

“यो पुरस्कार मेरा लागि निकै ठूलो सफलता हो । त्यसमाथि नेपाल र नेपालीका लागि पनि यो गौरवको कुरा हो”, सेफ नारायणले भन्नुभयो ।

काठमाडौँमा विद्यालय तहको पढाई सकेपछि पाककलातर्फ लाग्नुभएका उहाँले सन् २०१४ मा युएईको दुबईस्थित डबलट्रीमा काम गर्ने अवसर पाउनुभयो । त्यतिबेला सहायक सेफ रहनुभएका नारायणले क्रमश: पेस्ट्री र बेकरीसम्बन्धी सीप सिक्नुभयो । दुबई पुगेको एक वर्षपछि नारायणले कतारको दोहास्थित ‘फोर सिजन’ होटलमा काम पाउनुभयो । त्यहाँ उहाँले खासगरी चकलेट, केक र ब्रेडसम्बन्धी नयाँ–नयाँ प्रयोग गर्दै सीप विस्तार गर्नुभयो ।

सन् २०१८ मा सेफ युएईको आबुधाबीस्थित ‘फोर सिजन’ होटलमा समेत काम सुरु गर्नुभएका नारायण सन् २०२३ मा कामकै सिलसिलामा बेलायत पुग्नुभयो । त्यसयता उहाँ त्यहाँको ओटुस्थित ‘इन्टरकन्टिनेन्टल लण्डन’ होटलमा आफ्नो पाककलाको सीप र अनुभव पस्किरहनुभएको छ । ‘बेक अफ: द प्रोफेसनल्स–२०२४’ का विजेता सेफ तनुज पनि ‘इन्टरकन्टिनेन्टल लण्डन’ होटलमै कार्यरत हुनुहुन्छ ।

“धादिङको सानो गाउँदेखि विश्वस्तरीय होटलमा सेफका रूपमा कार्य गर्न पाउनु नै एक किसिमको सफलता हो”, नारायणले भन्नुभयो, “यूके बेक: अफ प्रोफेसनल्स–२०२४ उपाधि जितेपछि आफूमाथि केही नयाँ गर्ने चुनौती थपिएको महसुस भएको छ ।”

खासगरी चकलेटप्रतिको मोहका कारण पनि आफूले यो सफलता प्राप्त गरेको नारायण बताउनुहुन्छ । “मेरो पहिलो रोजाइ नै चकलेट हो”, उहाँ भन्नुहुन्छ, “मलाई गुलियो र क्रिमसँग खेल्न बढी मनपर्छ ।”

आगामी दिनमा नेपाली सामग्रीहरूलाई विश्वस्तरमा प्रवर्द्धन गर्नका लागि आफूले सक्दो मेहनत गर्ने नारायण बताउनुहुन्छ । “मैले बनाउने सामग्रीमा गुड र नेपाली अन्नलाई प्रयोग गर्ने सोच छ”, उहाँले भन्नुभयो, “त्यसले नेपालको पाककलालाई विश्वभर पहिचान दिलाउनेमा विश्वस्त छु ।”

नारायणसँगै उपाधि जित्ने सेफ तनुजको पारिवारिक पृष्ठभूमि चिकित्सा भए पनि उहाँले पाककलाको करिअरलाई पछ्याउनु भएको हो । उहाँले परम्परागत भारतीय मिठाइलाई फ्रान्सेली प्रविधिहरू प्रयोग गरेर आफ्नो डिजर्टहरूमा समावेश गर्नुभएको छ । रासस