२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुहानबाट उद्दार गरिएका नेपालीहरु कोरोनामुक्त, आजै घर पठाइने



अ+ अ-

काठमाडौं । चीनको वुहानबाट उद्दार गरिएर ल्याइएका नेपाली कोरोनामुक्त रहेका छन्। सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छैन ।

१ सय ७५ जना नै कोरोनामुक्त भएका छन्। सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

खरिपाटी क्वारेन्टाइनमा राखेका १ सय ७५ जनामै कोरोनाको संक्रमण देखा नपरेपछि सबैलाई आजै घर पठाइने भएको छ । गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

गत फागुन ४ गते वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको थियो। उद्दार गरेर ल्याइएकाहरुले भक्तपुरको खरिपाटीमा १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनको पहिलो दिन नै कोरोना परीक्षणको गरिएको थियो। पहिलो परीक्षणको नतिजामा समेत कसैलाई पनि संक्रमण देखिएको थिएन।