२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुहानबाट उद्दार गरिएका नेपालीहरु कोरोनामुक्त, आजै घर पठाइने



अ+ अ-

काठमाडौं । चीनको वुहानबाट उद्दार गरिएर ल्याइएका नेपाली कोरोनामुक्त रहेका छन्। सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छैन ।

१ सय ७५ जना नै कोरोनामुक्त भएका छन्। सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

खरिपाटी क्वारेन्टाइनमा राखेका १ सय ७५ जनामै कोरोनाको संक्रमण देखा नपरेपछि सबैलाई आजै घर पठाइने भएको छ । गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

गत फागुन ४ गते वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको थियो। उद्दार गरेर ल्याइएकाहरुले भक्तपुरको खरिपाटीमा १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनको पहिलो दिन नै कोरोना परीक्षणको गरिएको थियो। पहिलो परीक्षणको नतिजामा समेत कसैलाई पनि संक्रमण देखिएको थिएन।