१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

बाबु कारागारमा, आमाले छाडेपछि बिचल्ली

बाबु कारागारमा, आमाले छाडेपछि बिचल्ली
अ अ+ अ-

धादिङ । छेउछाउका घरहरु पक्की अवस्थामा छन् । सपना तामाङको घर पुग्दा उनीहरु एउटा खोरमा भोकै बसेको अवस्थामा भेटिए । कालो भएको जस्ताको टहरोमा जीवन गुजारा गरिरहेका सपनाका हजुरबुबा र बहिनी समस्याग्रस्त जीवन बिताइरहेका छन् ।

धुनीबुँसी नगरपालिका ढकालखोला निवासी ११ वर्षीया सपनाले पेटभरि भात नखाएको आठ वर्ष भयो । ज्यान मुद्दा लागेर सपनाका बाबु जेलमा छन् । त्यतिखेर सपना सानै भएकाले कसरी घटना भयो थाहा भएन तर बाबु जेलमा परेपछि आमा पनि जेल परे । केही समयपछि आमाले सफाइ पाएर छुटिन् । बाबु नभए पनि सहाराका रुपमा आमा हुनुहुन्छ भन्ने आशामा बसेकी सपना तामाङ घर फर्केको केही समयपछि आमाले घर छाडेर अर्कैसँग विवाह गरेर गएपछि सपनाको सहारामात्र हराएन जिम्मेवारीसमेत थपियो ।

सपनासँगै एक वर्षमात्र सानो बहिनी विपना अहिले १० वर्षकी भइन् । उनैले हेर्नुपर्ने भयो । उनीहरु सानै भएकाले बाबुआमाले ज्याला गरेर ल्याएर परिवार पाल्दै आएका थिए । गरिबीले गाँजेको परिवारमा सबैभन्दा बढी समस्या पर्ने गर्छ भने झै सपना र विपनाको सहारा अहिले ७५ वर्षका हजुरबुबा जेठा तामाङमात्र हुनुहुन्छ । घरमा खाने अन्न छैन । पुरानो र कालो भइसकेका पकाउने भाडा अनि अँगेनाको छेउमा ओछ्यान बनाएर सुत्ने गरेको सपना र विपना हजुरबुबाको वृद्ध भत्ताले किनेको चामल बचाई बचाई खान्छन् ।

योभन्दा बढी अब उनीहरुसँग कुनै आम्दानी छैन । कुनै समय वृद्ध भत्ता ढिला आयो भने कैयौ दिनसम्म उनीहरु भोकै बसेका र छिमेकीले खानेकुरा दिने गरेका सपनाले भक्कानिएर भनिन् । विद्यालय जानका लागि पोसाक पुरानो भएको छ । यसबाहेक लगाउने लुगा उनीहरुसँग एक जोर त्यो पनि ज्यादै पुरानो छ । खाना खाने भाँडासमेत छैनन् । पकाउने भाडा कालो भएर प्वाल पर्न लागेका छन् ।

यो अवस्था देख्दा सम्बन्धित निकायको ध्यान किन नगएको होला भनी प्रश्न गर्दै सपनाले अध्ययन गर्ने विद्यालय त्रिकुटेश्वरी आधारभूत विद्यालयका शिक्षक सरस्वती रिमालले आफूले सकेको सहयोग उपलब्ध गराउने बताउनुभयो । “मेरो विद्यालयको एउटा विद्यार्थी भोकै बसेको म कसरी हेर्न सक्छु, म केही सहयोग गर्ने छु”, रिमालले भन्नुभयो ।