२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबु कारागारमा, आमाले छाडेपछि बिचल्ली



अ+ अ-

धादिङ । छेउछाउका घरहरु पक्की अवस्थामा छन् । सपना तामाङको घर पुग्दा उनीहरु एउटा खोरमा भोकै बसेको अवस्थामा भेटिए । कालो भएको जस्ताको टहरोमा जीवन गुजारा गरिरहेका सपनाका हजुरबुबा र बहिनी समस्याग्रस्त जीवन बिताइरहेका छन् ।

धुनीबुँसी नगरपालिका ढकालखोला निवासी ११ वर्षीया सपनाले पेटभरि भात नखाएको आठ वर्ष भयो । ज्यान मुद्दा लागेर सपनाका बाबु जेलमा छन् । त्यतिखेर सपना सानै भएकाले कसरी घटना भयो थाहा भएन तर बाबु जेलमा परेपछि आमा पनि जेल परे । केही समयपछि आमाले सफाइ पाएर छुटिन् । बाबु नभए पनि सहाराका रुपमा आमा हुनुहुन्छ भन्ने आशामा बसेकी सपना तामाङ घर फर्केको केही समयपछि आमाले घर छाडेर अर्कैसँग विवाह गरेर गएपछि सपनाको सहारामात्र हराएन जिम्मेवारीसमेत थपियो ।

सपनासँगै एक वर्षमात्र सानो बहिनी विपना अहिले १० वर्षकी भइन् । उनैले हेर्नुपर्ने भयो । उनीहरु सानै भएकाले बाबुआमाले ज्याला गरेर ल्याएर परिवार पाल्दै आएका थिए । गरिबीले गाँजेको परिवारमा सबैभन्दा बढी समस्या पर्ने गर्छ भने झै सपना र विपनाको सहारा अहिले ७५ वर्षका हजुरबुबा जेठा तामाङमात्र हुनुहुन्छ । घरमा खाने अन्न छैन । पुरानो र कालो भइसकेका पकाउने भाडा अनि अँगेनाको छेउमा ओछ्यान बनाएर सुत्ने गरेको सपना र विपना हजुरबुबाको वृद्ध भत्ताले किनेको चामल बचाई बचाई खान्छन् ।

योभन्दा बढी अब उनीहरुसँग कुनै आम्दानी छैन । कुनै समय वृद्ध भत्ता ढिला आयो भने कैयौ दिनसम्म उनीहरु भोकै बसेका र छिमेकीले खानेकुरा दिने गरेका सपनाले भक्कानिएर भनिन् । विद्यालय जानका लागि पोसाक पुरानो भएको छ । यसबाहेक लगाउने लुगा उनीहरुसँग एक जोर त्यो पनि ज्यादै पुरानो छ । खाना खाने भाँडासमेत छैनन् । पकाउने भाडा कालो भएर प्वाल पर्न लागेका छन् ।

यो अवस्था देख्दा सम्बन्धित निकायको ध्यान किन नगएको होला भनी प्रश्न गर्दै सपनाले अध्ययन गर्ने विद्यालय त्रिकुटेश्वरी आधारभूत विद्यालयका शिक्षक सरस्वती रिमालले आफूले सकेको सहयोग उपलब्ध गराउने बताउनुभयो । “मेरो विद्यालयको एउटा विद्यार्थी भोकै बसेको म कसरी हेर्न सक्छु, म केही सहयोग गर्ने छु”, रिमालले भन्नुभयो ।