१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि



अ+ अ-

काठमाडौं: विशेष महाधिवेशन पक्षधर नेपाली काँग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरुले बिहीवार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन हुनेगरी आएको प्रतिक्रिया दिएका हुन् ।

नेता जगदीशश्वर नरसिंह केसीले सो कार्यतालिका कार्यान्वयन नहुने भएकाले आफूहरुले पुस २८ गते भित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने समेत बताउनु भयो । उहाँले षड्यन्त्रमूलक ढंगले आएको सो कार्यतालिकाअनुसार महाधिवेशन नहुने भएकाले विशेष महाधिवेशन गर्नेगरी आफूहरुले तयारीको कामलाई अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

नेता केसीले भन्नुभयो,‘षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ । यो कार्यतालिका कहीँ पनि प्रभावित भयो । १६ गते प्रभावित नहुन सक्छ । १८, २० वा २२ गतेतिर प्रभावित हुन खोज्यो भने विशेष महाधिवेशनलाई जतिखेर पनि क्रियाशील बनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ । यो चाँही हामीले महामन्त्रीलाई भेटेर फेरी पनि हामीले भन्नुपर्छ । त्यो कार्यतालिका प्रभावित भयो भने २८ गते भित्र हाम्रो विशेष महाधिवेशन बस्ने हो । विशेष महाधिवेशन हुनुपर्छ । त्यसका लागि हामी सबै तयार हुनुपर्छ ।’

काँग्रेस ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र श्रेष्ठले संस्थापन पक्षले आफूहरुको विशेष महाधिवेशन तुहाउने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले नियमित महाधिवेशन भन्ने कुरालाई अंगालेर विशेष महाधिवेशन पक्षहरु आफैँले गल्ती गरेको समेत बताउनु भयो ।

सभापति श्रेष्ठले भन्नुभयो,‘हाम्रो विशेष अधिवेशनको तालिका छदैछ । त्यो गर्छौं भनेर हामी आत्माविश्वासका साथ अघि बढेका पनि छौ । तर वडा अधिवेशनबाट चुनिएर प्रतिनिधिहरु आएपछि हामी आधिकारिक हौ भन्ने हुन्छ । हाम्रो विशेष महाधिवेशनको माग पनि तुहिन्छ  । त्यसैकारण मेरो अनुरोध मैले शुरुमा पनि भनेको थिए–हामीले नियमित भन्न हुँदैन थियो ।’

सभापति श्रेष्ठले नयाँ क्रियाशील सदस्यता वितरणको कामले घोषित कार्यतालिकाअनुसार महाधिवेशन हुन नदिने भएकाले आफूहरुले विशेष महाधिवेशन नै गरेर अघि बढ्ने गरी तयारी गर्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल