६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोनाको त्रास: विश्वभर तीन हजारको मृत्यु, ९० हजार संक्रमित

कोरोनाको त्रास: विश्वभर तीन हजारको मृत्यु, ९० हजार संक्रमित
अ+ अ-

कोरोना (कोभिड–१९) भाइरसबाट विश्वभर मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेकोे छ भने संक्रमितको संख्या झन्डै ९० हजार पुगेको छ । कोरोनाबाट चीनमा मात्र दुई हजार नौ सय १२ को मृत्यु भएको छ । भाइरसका कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी हुबेई प्रान्तका छन् । डिसेम्बरको अन्त्यबाट हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना संक्रमण ६० भन्दा बढी देशमा फैलिएको छ ।

चीनबाहेक विश्वका अन्य १२ देशमा पनि कोरोनाका कारण एक सयजनाको मृत्यु भइसकेको छ । इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । तर, बिबिसी र अमेरिकी सञ्चारमाध्यमले त्यहाँ मृत्यु हुनेको संख्या दुइ सय२० पुगेको दाबी गरेका छन् । इटलीमा ४८ घण्टामा संक्रमित दर दोब्बर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ । इटलीमा कोरानाबाट अहिलेसम्म ४१ को मृत्यु भएको छ भने १७ सय
संक्रमित छन् ।

चीनपछि कोरोनाबाट सबैभन्दा बढी दक्षिण कोरिया प्रभावित छ । त्यहाँ दैनिक औसतमा पाँच सय संक्रमित हुने गरेका छन् । कोरोनाबाट कोरियामा अहिलेसम्म चार हजार तीन सय ३५संक्रमित र २६ को मृत्यु भइसकेको छ । कोरोना भाइरस संक्रमितको परिचय लुकाएको आरोपमा दक्षिण कोरियाका एक धार्मिक नेतासहित ११ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ ।

कोरोनाबाट जापानमा ६ जना र फ्रान्स हङकङ, अमेरिकामा दुई–दुईजनाको मृत्यु भएको छ । कोरोनाबाट थाइल्यान्ड, अस्ट्रेलिया, ताइवान, सानमारियो फिलिपन्समा पनि मृत्यु भएको छ ।बेलायतमा ३६ जनामा संक्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आपत्कालीन बैठक
बोलाएका छन् ।

भारतमा दुई संक्रमित

भारतको राजधानी नयाँदिल्लीमा पनि संक्रमण देखिएको छ । एकजना नयाँदिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । नयाँदिल्लीमा संक्रमण देखिएका बिरामी इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुबईबाट भारत फर्किएका थिए । यसअघि केरलामा भेटिएका तीन संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

अमेरिकामा थप एकको मृत्यु

कोरोनाले अमेरिकामा थप एकजनाको मृत्यु भएको छ । ७० वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएको हो । वासिंटन राज्यको किङ काउन्टीमा ती वृद्धको मृत्यु भएको हो । शनिबार पनि कोरोनाबाट वासिंटन राज्यमा एकजनाको मृत्यु भएको थियो । कोरोनाबाट अमेरिकामा अहिलेसम्म ३४ जना संक्रमित छन् ।

चीनको पछिल्लो अपडेट

  • सोमबार मृत्यु हुनेको संख्या: ३४
  • नयाँ संक्रमित: ५७७
  • कुल संक्रमित: ७९,८२८
  • अहिलेसम्म मृत्यु हुनेको संख्या: २,८७७
  • उपचारपछि घर फर्किएका: ४२,१०८
  • संक्रमणपछि गम्भीर बिरामी: ७,३६५ नयाँ पत्रिका दैनिक