४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

तयारी छोटो भएपनि उपाधि जित्छौंः एपिएफ

तयारी छोटो भएपनि उपाधि जित्छौंः एपिएफ
अ+ अ-

काठमाडौँ । एपिएफकी कप्तान अनिता बस्नतेले पहिलोपल्ट हुन लागेको साफ महिला क्लव च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवारदेखि आगामी पुस ५ गतेसम्म क्लव च्याम्पियनसिप हुनेछन् । प्रतियोगिताअगाडि बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा एपिएफका कप्तान अनिताले तयारी पूरो भएको र उपाधि जित्ने विश्वास व्यक्त गरेकी हुन् ।

कप्तान तथा प्रशिक्षकहरूको पत्रकार सम्मेलनमा अनिताले उत्साहका साथ आफूहरु पहिलो साफ वुमेन्स क्लब च्याम्पियनससिप खेल्न उत्साहित रहेको बताउनु भयो । टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि राम्रो नतिजा ल्याउने विश्वास उहाँको छ । दक्षिण एशियाली फुटबलको स्तरवृद्धि गर्ने उद्देश्यले शुरु गरिएको पहिलो संस्करणमा नेपालको च्याम्पियन एपिएफ क्लव, भारतको इस्ट बंगाल एफसी, बंगलादेशको नासरिन स्पोटर््स एकेडेमी, भूटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसी गरी कुल पाँच टोलीले चुनौती प्रश्तुत गर्दैछन् । यो च्याम्पियनसिपले दक्षिण एशियाली फुटबलमा नयाँ अध्याय थपिँदैछ । अनिताले यो प्रतियोगितालाई लिएर उत्साहित भएको पनि बताइन् ।

“नेपालमै पहिलोपटक साफ क्लब च्याम्पियनसिप हुँदैछ, हामी एकदमै उत्साहित छौं । राष्ट्रिय टोलीका खेलका कारण क्लबबाट राम्रोसँग ट्रेनिङ गर्न पाएनौं । तर हामी पूर्ण रूपमा तयार छौं । सबै एकजुट भएर खेले हामी राम्रो नतिजा मात्र होइन, उपाधि नै जित्न सक्छौं,’उनले भनिन् । 

एपिएफका मुख्य प्रशिक्षक जीवेश पाण्डेले पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । प्रशिक्षक पाण्डेले टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि आफ्नो टोलीले सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरे । टिममा उपलब्ध खेलाडीहरूको सही सदुपयोग गर्ने उनको भनाई छ ।
‘हामीसँग जुन खेलाडी छन् । तिनैबाट उपाधि जित्छौं । गत वर्ष पनि यही टोलीले घरेलु लिगको उपाधि जितेको हो । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला फुटबलको झण्डा फहराउने सुनौलो अवसर पाएका छौं र मानसिक रूपमा पनि हामी पूर्ण तयार छाँै,’उनले भनेका छन् । 

ट्रान्सपोर्ट युनाइटेडका प्रशिक्षक यशी वाङ्चुक र कप्तान सुनिता राईले घरेलु लिगमा दोस्रो भएको र ९९ प्रतिशत खेलाडी राष्ट्रिय टिममा रहेको उल्लेख गरेको छ । तयारीमा पनि राम्रो भएकाले सुखद् नतिजा ल्याउने ट्रान्सपोर्टको विश्वास छ । पाकिस्तानको कराची सिटी एफसीका प्रशिक्षक अदिल रिज्की र कप्तान मारिया खानले पनि आफ्नो क्लब नयाँ रहे पनि सुखद प्रदर्शन गर्ने उल्लेख गरेका छन् । दशरथ रंगशालामा खेल्न निकै उत्साहित पनि रहेको कराचीले बताएको छ । नासरिन स्पोटर््स एकेडेमीका प्रशिक्षक मोनिर हुसेन र कप्तान साजिदा अक्तेरले नेपाली भुमिमा दुई पल्ट महिला टोलीले उपाधि जितेकाले केही दबाब रहेको उल्लेख गरेको छ । साथै टोलीमा अधिकांश युवा खेलाडी रहेकोले क्लबले जनाएको छ । भारतीय क्लब भने फ्लाइट ढिला भएकाले पत्रकार सम्मेलनमा उपस्थित भएन ।
प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ ।

लिगमा शिर्ष दुई स्थान प्राप्त गर्ने टोलीले उपाधिका लागि खेल्ने उल्लेख छ । पहिलो संस्करणको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । सहभागी तीन टोलीले दुई हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले उल्लेख गरेको छ । सबै टोली बुधवार नै नेपाल आइपुगेका छन् । उनीहरूले च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा अभ्यास गर्ने तालिका छ । यस प्रतियोगिताको टिकट साधारण प्यारापिटतर्पm तीन सय र भिआइपी पारापिटमा पाँच सय रुपैयाँ तोकिएको छ ।