२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दले दाङको जनजीवन प्रभावित



अ+ अ-

दाङ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङको जनजिवन प्रभावित भएको छ । मोर्चाले सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइको माग गर्दै मंगलबार र बुधबार बन्दको आह्वान गरेको हो।

थुनामा रहेका सांसद थारुसहित अन्य ११ जना कैदीबन्दीहरूको रिहाइका लागि सरकारलाई दबाब दिन भन्दै जिल्लाका शिक्षण संस्था, यातायात, बजार, उद्योग र कलकारखाना सबै ठप्प बनेका छन्।

राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजन समितिका महासचिव तुलसी थारुले तीन दिनअगाडि एक प्रेस विज्ञप्तिमार्फत् बन्दबारे जानकारी दिएका थिए।

कैलालीको टिकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न,पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समितिको प्रतिवेदन सार्वजनिक गर्न, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न तथा सर्वदलीय संसदीय समितिको प्रतिवेदन पनि सार्वजनिक गर्न मोर्चाले माग गरेको छ।

मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले दाङमा ती माग पूरा नभए फागुन १ गतेदेखि आन्दोलन गर्ने बताएका थिए। त्यतिखेर उनले १२ बुँदे माग गर्दे कैलालीमा अनसन समेत बसेका थिए।