२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुघाखोकी लागे बुद्ध एयरको टिकट रद्द हुने



अ+ अ-

काठमाडौं । बुद्ध एयरले रुघाखोकी वा ज्वरो आएमा टिकट रद्द गर्ने भएको छ । कोरोना भाइरसको मुख्य लक्षण नै रुघाखोकी र ज्वरो भएकोले बुद्धले टिकट रद्द गर्ने जनाएको हो ।

यस्तो लक्षण देखिएमा बुद्धले फोनमार्फत् टिकट रद्द गराए नियमानुसार भाडा फिर्ता लिन सकिने सूचना जारी गरेको छ। टिकट रद्द गर्नु परेमा ०१–५५४२४९४ मा सम्पर्क गर्न सकिने जनाएको छ।

त्यसैगरी एयरलाइन्सले रुघाखेकी वा ज्वरो आएका आफन्त विमानस्थलमा नगइदिन आग्रह समेत गरेको छ।