२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धबाबा सुटुक्क अदालतमा, आत्मसमर्पण पछि जेल चलान



अ+ अ-

काठमाडौं । जबरजस्ती करणी मुद्दा लागेका सिद्धबाबा भनिने कृष्णदास गिरी अदातलमा उपस्थित भएका छन्। सिद्धबाबा मंगलबार बिहान जिल्ला अदातल सुनसरीमा उपस्थित भएका हुन्।

‘अदालत आउनासाथ हामीले उहाँलाई थुनुवा पूर्जी दिएर झुम्का जेल पठाएका छौं’,जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले भने।

एक महिला अनुयायीले कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो। गिरीलाई यसअघि जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो।

जिल्ला अदालतको आदेशलाई उच्च अदालतले बदर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको थियो। तर उच्च अदालतको आदेश आउनु केही घन्टाअघि नै गिरी भने भारत पसिसकेका थिए।