४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चतुरबहादुर चन्दः तीन दशकअघि एकेडेमी हाँक्दै अहिले क्यानको सफल नेतृत्वकर्ता

चतुरबहादुर चन्दः तीन दशकअघि एकेडेमी हाँक्दै अहिले क्यानको सफल नेतृत्वकर्ता
अ+ अ-

काठमाडौँ । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी । बैतडी, सहिद दशरथ चन्दको जन्मभूमि हुँदै उहाँका नामबाट तीन दशकअघि नै यहाँ दशरथ चन्द एकेडेमी सञ्चालनमा आयो । सहिद भूमि तर क्रिकेटलगायतका खेल संरचना र पूर्वाधार नभएको दशकौैँअघिको एडेकेमीको परिकल्पनाले बैतडीलाई आज सहिद भूमि मात्रै नभएर क्रिकेट चलायमान बनाउने जिल्लाका रुपमा पनि परिचय बनाएको छ ।

बैतडीसँगै सुदूरपश्चिमको क्रिकेट खेललाई चलायमान बनाउन त्यो बेला दशरथ चन्द एकेडेमीको नेतृत्व गरेका चतुरबहादुर चन्द अहिले नेपाल क्रिकेट सङ्घ ९क्यान० को केन्द्रीय अध्यक्ष हुनुहुन्छ । तीन दशकदेखि क्रिकेटको विकासमा योजनाबद्ध रुपमा अघि बढ्दै आएका चतुरबहादुर नेतृत्वको क्रिकेट सङ्घ नेपाली खेलकुदको इतिहासमा एनपिएलमार्फत आमनेपालीको मन मष्तिकमा राम्रो छाप छोड्न सफल भएको छ । नेपाली खेलकुद इतिहासकै सर्वाधिक धनराशीको दोस्रो संस्करणको  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल ) काठमाडौँमा जारी रहँदा त्यसको उमङ्ग सुदूरपश्चिमको सिमान्त सहर महेन्द्रनगरदेखि पूर्वको झापासम्म छ ।

एनपिएलका कारण विष्फोटक रुपमा चर्चामा आएको क्रिकेट अहिले हरेक चियापसलदेखि गाउँघरका चौतारीसम्म चर्चा र चासोको विषय बन्नुमा क्यान र त्यसको नेतृत्व गरेका अध्यक्ष चतुरबहादुरसहितको टोलीलाई जान्छ । चन्द बैतडीमा ३० वर्ष पहिला स्थापना भएको दशरथचन्द एकेडेमीका संस्थापक हुनुहुन्छ । एकेडेमी स्थापनापश्चात् जिल्लामा उमेर समूहका प्रतियोगिता सञ्चालन गरिँदै आएका छन् । प्रतियोगिता सँगसँगै जिल्ला क्रिकेट सङ्घलाई आधिकारिकता प्रदान क्लब दर्तालगायतका काम बैतडीमा भएका थिए । भौगोलिक विकटता भए पनि अन्यत्रको तुलनामा बैतडीमा क्रिकेटको क्रेज विगतदेखि नै थियो ।

बैतडी जिल्ला दशरथचन्द नगरपालिका–५ घर भएका अध्यक्ष चन्दको यो सफलताको पछाडि उहाँले गर्नुभएको ठूलो सङ्घर्ष रहेको छ । सुदूरपश्चिम प्रदेशबाट नेपाली क्रिकेट जगतमा खेलाडीको उपस्थिती अत्यधिक हुनुमा पनि अध्यक्ष चन्दलाई नै श्रेय जान्छ ।

बैतडी जिल्ला क्रिकेट सङ्घका संस्थापक अध्यक्ष हुँदै प्रदेश र केन्द्रीय अध्यक्ष पुग्दासम्म क्रिकेटको विकासमा चन्दको योगदान अतुलनीय छ । विकास क्षेत्र रहँदा सुदूरपश्चिमका खेलाडीले नेपालगञ्ज पुगेर खेल्नुपर्ने बाध्यता अन्त्य गर्दै क्षेत्र नम्बर ६ बैतडी स्थापना गरेर सुदूरपश्चिममा उहाँले क्रिकेटको विकास थाल्नुभयो । त्यसपछि नै सुदूरपश्चिमका खेलाडीको राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बढाउँदै लगको इतिहास छ । उक्त विषयले अझै निरन्तरता पाउँदै गएको छ ।

चतुरबहादुरकै जगले गर्दा हाल पनि बैतडीसहित सुदूरपश्चिम प्रदेश क्रिकेटको उर्बरभूमिका रुपमा चिनिन सफल भएको छ । अनुपातमा बैतडी र महेन्द्रनगर क्रिकेट खेलाडी उत्पादनका हिसाबले अग्रस्थानमा देखिन्छन् । विश्व क्रिकेटको नजरमा हाल रहेको एनपिएलको उचाइ बढ्नुमा उहाँकै नेतृत्वदायी भूमिका छ ।

ठूलो सङ्ख्यामा विदेशी क्रिकेटरको आगमन, करोडौँको लगानी, विश्वकै अग्रणी स्पोट्र्स च्यानल स्टार स्पोट्र्समा प्रत्यक्ष प्रसारण, त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका साथ नेपालमा क्रिकेटको क्रेजले गर्दा एनपिएलले अधिक चर्चा पाएको हो । एनपिएल सफल हुन र विश्वकै ध्यान तानिनुको श्रेय नेपाली क्रिकेटको सर्वोच्च संस्था आयोजक क्यानलाई जान्छ । दोस्रो संस्करणसम्म पु¥याउन अहम् भूमिका क्यानका अध्यक्ष चतुरबहादुरको रहेको छ । नेपालमा स्तरीय क्रिकेट प्रतियोगिता एनपिएल गर्ने चन्दको सपना पूरा भएको छ ।

सन् २०१९ मा अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले गराएको निर्वाचनमार्फत पहिलो पटक वैधानिक रूपमा अध्यक्ष चुनिएपछि दोस्रो बैठकमै अध्यक्ष चन्दले नेपाल क्रिकेट सङ्घको आफ्नै फ्रेन्चाइज लिग हुनुपर्छ भन्दै एनपिएलको आयोजना गर्ने निर्णय गर्नुभएको थियो । सो समय सञ्चालनमा रहेका तीन फ्रेन्चाइज क्रिकेट एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगलाई क्षेत्रीय लिगका रूपमा मान्यता दिनुका साथै एनपिएल गर्ने एजेन्डा समेत अघि बढाउने निर्णय गरिएको थियो ।

क्यानले सोही अवधारणा अनुसार तीन वर्ष अगाडि नेपाल टि–२० लिगको आयोजना गरेको थियो । पहिलोपटक विभिन्न बाधा अवरोधका बीच  नेपाल टी–२० लिग सम्पन्न भयो । तर सोचेअनुसार  प्रतियोगिता सम्पन्न हुन नसके पनि सिकाइका रुपमा लियो । सोही सिकाइपश्चात् अध्यक्ष चन्दले  आफ्नो नयाँ कार्यकालमा नेपाल प्रिमियर लिग९एनपिएल० को आवधारणा अगाडि बढाउनुभयो ।

अध्यक्ष चन्दले एनपिएल सफल पार्न सचिव पारस खड्काको संयोजकत्वमा तीन सदस्यीय गभर्निङ काउन्सिल समिति गठन गर्नुभयो । खड्कालाई अध्यक्ष चन्दले एनपिएल गराउन पूर्ण अधिकार र जिम्मेवारी दिनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान) अध्यक्षात्मक प्रणालीमा सञ्चालन हुने संस्था हो, जहाँ अध्यक्षको नेतृत्व र निर्देशनमा सङ्घका सबै गतिविधि र निर्णयहरू अगाडि बढाइन्छन् । क्यानले आफ्नो संस्थागत संरचनाभित्र सबै सदस्यहरूको भूमिकालाई स्पष्ट रूपमा परिभाषित गर्दै, सामूहिक सहकार्य र जिम्मेवारीको बोधमार्फत लक्ष्य प्राप्तिका लागि काम गर्ने संस्था हो  ।

एनपिएलको सफल आयोजना यसको उत्कृष्ट उदाहरण हो । अध्यक्ष चन्दको कुशल नेतृत्वमा, गभर्निङ काउन्सिलका संयोजक एवं सचिव  खड्काको महत्वपूर्ण योगदान र सङ्घका सम्पूर्ण साथीहरूको सामूहिक प्रयासले पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएर दोस्रो सिजन चलिरहेको छ । अध्यक्षात्मक प्रणालीले नेतृत्वलाई प्रभावकारी बनाउन र संस्थागत संरचनालाई बलियो राख्न मद्दत गर्दछ । यही प्रणालीभित्र सबै सदस्यहरूको आ–आफ्नो जिम्मेवारीप्रतिको समर्पणले नेपाली क्रिकेटलाई अझै उचाइमा पु¥याउने मार्ग प्रशस्त गरेको छ ।

जिल्ला, प्रदेश हुँदै केन्द्रीय अध्यक्ष बन्न सफल, आलोचनादेखि निलम्बनजस्ता बाधा, अवरोधलाई छिचोल्दै विभिन्न खेमालाई समेत साथमा लिई नेपाली क्रिकेट क्षेत्रलाई विश्वसामु उत्कृष्ट प्रमाणित गर्न सफल तथा पहिलो संस्करणको नेपाल प्रिमियर लिगलाई भव्यता साथ सम्पन्न गर्न चन्दको अहम भूमिका निर्वाह गर्नुभएको छ ।

एनपिएललाई ठूलो ब्राण्डको रुपमा स्थापित बनाउँदै क्रिकेट प्रेमीमा क्यानप्रति थप विश्वास बढाउन सफल भएको छ । अध्यक्ष चन्दले एनपिएलले नेपाली घरेलु क्रिकेटलाई लोकप्रियताको शिखरमा पु¥याउने काम गरेको बताउनुभयो ।

“एनपिएलले देशको पहिचान गराएको छ । देशभरका होटेल चलायमान भए, यातायात क्षेत्र व्यस्त बन्यो । यसले खेल पर्यटनलाई बलियो बनाएर देशकै अर्थ व्यवस्थामा ठूलो टेवा दिएको छ”, अध्यक्ष चन्दले भन्नुभयो, “पहिलो संस्करणमा क्रिकेटका हस्ती ब्रायन लारा नेपालमा आएपछि नेपालबारे विश्वकै चासो बढ्यो ।”

पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भए पछि सरकारको ध्यान क्रिकेटतर्फ तानियो । त्यसपछि सरकारले कीर्तिपुरमा फ्लडलाइट जडान र प्यारापिट निर्माण ग¥यो । कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष एवं क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले सुदूरपश्चिमको क्रिकेटको इतिहासमा चतुरबहादुरको ठूलो योगदान रहेको बताउनुभयो ।

“सुदूरपश्चिमका आठ जिल्लामा क्रिकेट सङ्घ आधिकारिक रुपमा गठन उहाँले नै गर्नुभएको हो”, उहाँले भन्नुभयो, “अहिले पनि सुदूरपश्चिममा क्रिकेट खेल मैदानका लागि उहाँ लागिपर्नुभएको छ ।” केन्द्रीय सदस्य चन्दले क्यान नेतृत्वमा पुगेर चतुरबहादुरले नेपाली क्रिकेटलाई यो उचाइमा पु¥याउन निकै मेहनत गर्नुभएको बताउनुभयो । “समग्रमा क्यान सफल र सबल बन्दै जानुमा पूरै टोलीको योगदान छ”, उहाँले भन्नुभयो ।  रासस