२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइदैन : मन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताउनुभएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने सेवा प्रदान नगर्ने ओगटने अनि तिमीले गरेका कामहरु छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने यो कुराको पनि अव अन्त्य हुनुुपर्छ । लाइसउेन्स होल्ड गर्ने कुरा अन्यत्र छ भन्ने सुनेको थिए अहिले केही दिनदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालीरहदा यहाँ पनि त्यो प्रवृति रहेछ हेर्नुस् । यो त राष्ट्रिय रोग पो भएको रहेछ, यसको पनि अव अन्त्य हुनुपर्छ । यसरी हुँदैन ।’

मन्त्री खतिवडाले दुरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडीने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफु मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दवाव हेरेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठने समेत बताउनुभयो । उहाँले अवको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताउनुभयो । क्रिप्टो करेन्सी, क्राउडसोर्सिङ, इकमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरिय बनाउन ध्यान दिन आग्रह गर्नुभयो । उहाँले प्राधिकरणको व्यवसायीक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताउनुभयो । जवाफेही बिनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर कम गर्न निर्देशन दिनुभयो ।