२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाबाट अर्थमन्त्री खतिवडासहित १९ जना विदा हुँदै



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ जनाको पदावधि सकिँदैछ । राष्ट्रियसभा संसद मध्ये २ वर्षे कार्यकाल भएका १९ जनाको पदावधि मंगलबारबाट सकिएको हो।

राष्ट्रियसभा सदस्यका लागि २०७४ माघ ९ गते निर्वाचन भएको थियो। गोलाप्रथा गर्दा २ वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिएको हो।

गत माघ ९ गते राष्ट्रियसभा सदस्यका लागि १८ पदमा निर्वाचन भइ नयाँ सदस्यहरु चयन भइसकेका छन् । राष्ट्रपतिबाट मनोनित भएका डा. युवराज खतिवडा पछिको रिक्त स्थानका लागि भने कोही चयन भएको छैन्।

नेपालको संविधानअनुसार व्यवस्थापिकाको माथिल्लो राष्ट्रियसभामा ७ प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुने प्रावधान छ। ३ जना राष्ट्रपतिबाट मनोनित भएका गरी ५९ जना सदस्य रहने व्यवस्था छ।

यी हुन् पदावधि सकिएका रास्ट्रियसभा सदस्यहरु

डा. युवराज खतिवडा, सरिता प्रसाईं, कालीबहादुर मल्ल, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, मुक्ताकुमारी यादव, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली र खेमराज नेपाली