१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित



अ+ अ-

जनकपुर । मधेस प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि स्थगित गरिएको छ ।

बिहान साढे ८ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि दिउसो २ बजेसम्मको लागि बैठक स्थगित गरिएको हो ।

बिहान १०:३० बजेसम्म सत्तापक्षका संसद् उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले दिउसो २ बजेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभयो । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि आजका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी पछि मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूचि तय भएको थियो ।