२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको संक्रमण फैलिन नदिन विमानस्थलमा कडाई



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकहरुको परीक्षण थालिको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विमानस्थलको जनशशक्ति समेत दोब्बर पारिएको बताउनुभयो । एक सिफ्टमा ५ जना हुनेगरी १९ भन्दा बढी स्वास्थ्यका कर्मचारी विमानस्थलमा खटाइएको उहाँले बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले प्रकोपग्रस्त देशबाट आउने नागरिकहरुलाई आइसोलेसनमा राख्न सुरु गरिएको बताउनुभएको छ । दक्षिण कोरियाबाट फर्किएका ७ जना नेपाली नागरिकहरुमा सामान्य लक्षण देखिएपछि आइसोलेसनमा राखिएको उहाँले बताउनुभयो । २ जना घर फर्किसकेका छन् भने ५ जनाको रिपोर्ट मंगलबार आउनेछ ।

वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले नेपालमा चीन, जापान लगायत प्रभावित क्षेत्रका नागरिकहरु अहिलेपनि निर्वाध रुपमा आवत जावत गरिरहेको बताउनुभयो । विभिन्न देशबाट नेपालीहरु पनि फर्किरहेको अवस्थामा बढी जनघनत्व भएको उपत्यकामा यसको संक्रमण फैलिए ठूलो रुप लिने उहाँको भनाई छ ।

मौसम परिवर्तन सँगै रुघाखोकीको प्रकोप पनि सँगै देखिएको भन्दै चिकित्सकहरुले नियमित रुपमा साबुन पानीले नियमित रुपमा हात धुन आग्रह गरेका छन् । ५ वर्षभन्दा मूनिका बालबालिका, ६० वर्षभन्दा माथिका वृद्धवृद्धा तथा दिर्घरोगीमा रुघाखोकी ज्वरो जस्ता लक्षण देखिएमा तत्काल अस्पताल पु¥याउन पनि आग्रह गरेका छन् ।