२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला शङ्कास्पद अवस्थामा मृत फेला



अ+ अ-

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । राकेश झाकी पत्नी कञ्चन आज बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अस्वाभाविक र शङ्कास्पद मृत्युको खबर पाएलगत्तै प्रहरीले प्रकृति मुचुल्का बनाई शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

भङ्गाहा–५ स्थित सीतापुर प्रहरी चौकीबाट १०० मिटर नजिक नै यो घटना भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोलीलाई घरका परिवारजनले भुण्डिएको अवस्थामा आपूmहरुले देखेपछि बन्धन काटेर झार्दा मृत्यु भइसकेको बताएको प्रहरीले जनाएको छ । परिवारजनले कञ्चनले आत्महत्या गरेकी बताइरहेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।