२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौं । सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.५४ विन्दुले बढेर एक हजार ५१३.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.३५ विन्दुले बढेर ३२४.७८ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोवार रकम पनि बढेको छ । आज कूल १८० कम्पनीको ७२ लाख दुई हजार २३६ कित्ता शेयर रु तीन अर्ब ४० करोड ४७ लाख ८४ हजार ९९९ बराबरको कारोवार भयो ।

नेप्सेका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयरमा वृद्धि भएको छ । व्यापार १०.२८ र लघुवित्त १०४.४ विन्दुले घटेको छ । यस्तै बैंकिङ २४.४, होटल १३.८७, विकास बैंक २२.२१, जलविद्युत् ४.६५, वित्त ७.६९, निर्जीवन बीमा १९६.५१, उत्पादन ५०.८२, अन्य ६.२९, जीवन बीमा २२६.५३ र सामूहिक लगानी कोष ०.३ विन्दुले बढेको छ ।

कारोवारका आज नेपाल लाइफ इन्सुरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड ४४ लाख ३९ हजार २९२ बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक रु २३ करोड २२ लाख ३० हजार १४३, एनआइसी एसिया बैंक रु १६ करोड ८१ लाख १८ हजार ४३६, हिमालयन डिस्टिलरी रु १३ करोड पाँच लाख ५१ हजार ३६९, नबिल बैंक रु ११ करोड पाँच लाख सात हजार ८४७, एभरेष्ट बैंक रु नौ करोड ५८ लाख दुई हजार ८६८ र ग्लोबल आइएमई बैंकको रु आठ करोड ७१ लाख ९३ हजार ७२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मञ्जुश्री फाइनान्स ९.९२, एभरेष्ट इन्सुरेन्स ८.८५, युनाइटेड इन्सुरेन्स ७.६७, रिडी हाइड्रोपावर ६.९०, सगरमाथा इन्सुरेन्स ६.८५ नेको इन्सुरेन्सका शेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै, स्वदेशी लघुवित्त १०, एनएमबी माइक्रोफाइनान्स ९.९९, स्पर्श लघुवित्त ९.२९, स्वावलम्बन लघुवित्त ८.०८, ग्लोबल आइएमई लघुवित्त ७.७९, जनउत्थान लघुवित्त ७.५५, साना किसान विकास बैंक ६.६९ र सबैको लघुवित्तका शेयरधनीले ६.५५ प्रतिशतले गुमाए ।