२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्कका महासचिव विराकुनले कार्यभार सम्हाल्नु भयो



अ+ अ-

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का चौधौँ महासचिवका रुपमा श्रीलङ्काका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हाल्नुभएको छ ।

सार्कको महासचिवमा नियुक्त हुनुअघि उहाँ श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव हुनुहुन्थ्यो । श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताउनुभएका महासचिव विराकुनले त्यहाँको परराष्ट्र र पर्यटन विकास मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गर्नुभएको थियो ।

लण्डन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएका उहाँले भारतका लागि श्रीलङ्काको उच्चायुक्त र नर्वेमा राजदूतका रुपमा सेवा गरिसक्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सार्कका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शङ्करदास वैरागीसँग अनुकूल समयमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सार्क सचिवालयले जनाएको छ ।