१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

विद्युतमा नौ अर्ब पछि चार अर्ब प्रकरण – यो के भा हो ?

विद्युतमा नौ अर्ब पछि चार अर्ब प्रकरण – यो के भा हो ?
अ अ+ अ-

काठमाडौंः नेपाल विद्युत् प्राधिकरण व्यवस्थापनबाट अर्को कानूनी त्रुटी दोहोरिएको छ । अप्टिकल फाईवर प्रयोग तथा सोको भाडा सम्बन्धमा रकममा भन्ने हो भने करिव ४ अर्व रुपैयाँ नेविप्राले देशभरका केबुल संचालकबाट उठाउनु पर्नेमा उठाउन नसक्ने अवस्थामा व्यवस्थापनले पु¥याएको छ । यो विषयलाई समेत क्षेत्रात्रिकार नधाउँदै र निर्देशिका विपरित काम गरेको छ । देशभरका करिव ११० सेवा प्रदायकले विद्युत् प्राधिकरणसँग सम्झौता नगरी विद्युतकाे अप्टीकल फाईवर र पोलहरु प्रयोग गरी ब्यवसाय सञ्चालन गरिरहेका छन् ।

नेपाल विद्युत प्राधिकरण । फाइल तस्वीर


अप्टीकल फाईवर केबुल सेवा संचालन निर्देशिका, २०७३ लाई २०७५ असार २६ गतेको ७७३औं संचालक समितिको बैठकले संशोधन गरेको छ । त्यस पश्चात् गोरखापत्रमा सूचना प्रकाशित गरेर सेवा प्रदायकहरुलाई नयाँ करारनामा गर्न भनिएकाे छ । जुन कुरा कानून बनिसकेको अवस्था हो भने संशोधित निर्देशिका २०७५ भाद्रदेखि लागू भैसकेको छ । तर नेविप्रा व्यवस्थापनको रकम उठाउने कुरा भन्दा पनि प्रदायकसँग करारनाममा गर्न समेत सकेको छैन । ०७५ असार २६ अघि प्रति वर्ष २०५ का दरले बुझाई आएकोमा त्यसपछि करिव २० गुणाले मूल्यबृद्धि भएकै कारण व्यवसायीहरु असहमत भएका हुन् । व्यवसायीका अनुसार आफूहरुसँग सल्लाह नगरी व्यवस्थापनले २०औं गुणा मूल्य बृद्धि गरेकाले धान्न नसक्ने हुँदा पुनरावलोकन हुनै पर्ने अडान राखेको हो । बीस २५ प्रतिशत मूल्यबृद्धि गर्न र प्रत्येक वर्ष थप न्यूनतम प्रतिशतले मूल्यबृद्धि गर्दै अगाडि सेवा प्रदायक तयार हुँदाहुँदै एकलौटी ढंगले ढाड सेकाउने नीति लिएकोमा आफूहरु सहमत हुन नसक्ने बताउँछन् ।
नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष सुधीर पराजुली २०/२५ प्रतिशत बढाउनु पर्ने शुल्क २० गुणा बृद्धि गरी अचाक्ली र असर पर्ने गरी महासंघको सहभागिता विना हचुवामा एकलौटी रुपमा रकम बृद्धि गरिएको बताउँछन् । यसमा अचाक्ली भो भनि विश्व बैंक (International Monetory Fund – IMF) को कमिटीले सूचकांक सार्वजनिक गरिसकेको छ । पराजुली भन्छन्, अहिले १५ सयले टिभी र इन्टरनेट सेवा जनतालाइ उपलब्ध गराईएकोमा यदि विद्युतले लागू गरेको मूल्य चुकाउनु पर्ने हो भने थप ६ सय भार पर्न गई आम जनताले २१ सय तिर्नु पर्नेछ । हाम्रो प्रष्ट यो छ कि २०७३ को दर रेटमा २०-२५ प्रतिशत थप रकम तथा नयाँ दर र प्रतिकिलोमिटर होइन कि प्रति पालको आधारमा रकम तिर्न तयार छौं । त्यसमा पनि प्रति वर्ष ५ प्रतिशतले स्वतः मूल्यवृद्धि गर्न राजी छौं । हामी सेवा प्रदायकले २०७३ मा संझाैता गरेको हो र सोही अनुसार रकम तिरिरहने हो, २०६५ को मूल्य कुनै हालतमा मान्य हुँदैन । उनी भन्छन्, सरकार डिजिटल नेपाल बनाउने घोषणा गर्छ, यहि तालले सरकारको घोषणा पूरा गर्छ र सर्वत्र असर गर्ने गरी एकलौटी मूल्य बृद्धि गर्न मिल्छ ?
प्राधिकरणले यो समस्यालाई पनि आफ्नो कमजोरी लुकाउन मन्त्रालयतिर धकेलेको छ । संचार मन्त्रालयका सहसचिव राधिका अर्यालको संयोजकत्वमा अप्टिकल फाइवर प्रयोग तथा सोको भाडा निर्धारण एवं पुनरावलोकन समिति गठन गरेर समस्या सुल्झाउने नाटक गरेको छ । उक्त समितिमा विद्युत प्राधिरकणका उपकार्यकारी निर्देशक हरराज न्यौपाने पनि सदस्य छन् । अन्यमा दुरसञ्चार प्राधिकरणका पुरुषोत्तम खनाल, नेपाल टेलिकमका डिल्लीराम अधिकारी र उर्जा मन्त्रालयका सहसचिव तोयानाथ अधिकारी रहेका छन् । यो समिति गठन गराईमै नियत सफा देखिदैन । टेलिकम सरकारी निकाय भए पनि विद्युत्कै ग्राहक हो र उसको हिसाब मिलान गरिसकिएको छ । उर्जाका सहसचिव र विद्युतका न्यौपाने नियम पालना गराउने संस्थाकै जिम्मेवार प्रतिनिधि हुन् । यो समिति विद्युत् प्राधिकरण व्यवस्थापनको कमजोरी “डोकाले छोप्न” काफी तयार देखिन्छ ।
उक्त समितिले तयार पारेको भनिएको एउटा हस्ताक्षर नभएको प्रतिवेदन भनि विभिनन व्यक्तिहरुका हातमा पु¥याईएको छ । २०७३ को २०५ को दरले २० गुणा बढाईएको २०७५ को रेट २७ सय सम्म पुग्ने प्राविधिक अंक गणितले देखाउँछ । सो बाहिर नियोजित तवरले ल्याइएको प्रतिवेदनले यो त अचाक्ली नै भएको हो, ९ सयसम्म ठीक छ भन्ने देखाएको सूत्रको भनाई छ र त्यसैलाई प्रतिवेदन बुझाईएको भनि हल्ला फिंजाइएको छ । प्रतिवेदन बुझाइएको हो र यो कुरा के हो भनि संयोजक राधिकालाई सोध्दा त्यो आधिकारिक होइन, प्रतिवेदनको अझै टुङ्गो लगाइएको छैन भन्छिन् । हस्ताक्षर नभएको पनि प्रतिवेदन हुन्छ, त्यसमा केही भा छैन, समय अभावले बैठक बस्ने सकेको छैन र यो साता टुङ्गो लाग्छ उनी बताउँछिन् ।
२०७५ को संशोधित विनियमावलीको दफा ५ ले प्रस्ताव र आवेदनको मूल्यांकन सम्बन्धी व्यवस्था गरेको छ । त्यसको संयोजक उपकार्यकारी निर्देशक वितरण तथा ग्राहक सेवा निर्देशनमा तोकेको छ । त्यसको प्रमुख न्यौपाने रहेका छन् । दफा ७ को निर्णय सम्बन्धी व्यवस्थाको उपदफा २ ले दफा ५ लाई नै आधार बनाई “…. अध्ययन गराई सुझाव लिई उपदफा (१) बमोजिम निर्णय गर्न सक्ने छ ।” भनि स्पष्ट लेखिएको छ । त्यस्तै सम्झौता सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९ को सेवा सञ्चालनको स्वीकृति सम्बन्धी व्यवस्थाको उपदफा ६ ले समेत दफा ५ लाई आकर्षित गरी सेवा सञ्चालनको स्वीकृति दिनुपर्ने भनेको छ । यसरी विनियमावलीको खिल्ली उडाउँदै नत आवेदन नत स्वीकृतिको अवस्थामा व्यवस्थापनले यो समस्यालाई अड्काएर राखेको स्पष्ट देखिन्छ । यसैगरी परिच्छेद ७ मा सेवा शुल्क, सुविधा तथा हर्जाना सम्बन्धी व्यवस्था दफा १५ को २ को हर्जाना तथा थप दस्तुर सम्बन्धी व्यवस्थाको ग मा शुल्क नबुझाएका दिन गन्ती गरी छ प्रतिशत र १० प्रतिशत हर्जाना तिराउने र अन्तमा सेवा बन्द गर्ने स्पष्ट व्यवस्था गरेको छ ।
यो सबै काम गर्ने गराउने अधिकार प्राप्त भनेको विद्युत प्राधिकरण व्यवस्थापनको काम, कर्तव्य र अधिकार हो । अब नामै नलिए पनि प्राधिकरणको व्यवस्थापन भनेको कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र विग्रासेनि प्रमुख उपकार्यकारी निर्देशक हरराम न्यौपाने भन्ने प्रष्ट बुझ्न सकिन्छ । यहाँनेर नियतमा प्रश्न उठाइरहन आवश्यक देखिदैन तर डेडिकेटेडको ९ अर्व ९ करोड तथा अप्टीकल फाईवरको करिव ४ अर्व गर्दा १३ अर्व चानचुनको रकम विद्युतले उधारो त्यो पनि नउठ्ने गरी किन छोडिराखेको छ त भन्ने प्रश्न भने पक्कै उठ्छ । नीतिगत भ्रष्टाचार पनि भनिरहन आवश्यक छैन तर व्यवस्थापनको नीतिगत कमजोरीले यो हाल हुनुमा फेरि त्यहि “नियत” मा गएर कुरा जोडिन्न र ? वास्तवमै विषय गम्भीर छ ।