२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेनेसीमा भिषण आँधी, १९ जनाको मृत्यु



अ+ अ-

नेसभिल, अमेरिकाः अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको चक्रवातमा परी कम्तीमा १९ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण १९ व्यक्तिको मृत्यु भएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको छ ।

अमेरिकामा आँधीकाे कहर ।

आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको छ ।

टेनिसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे भन्नुभयो, “आँधीका कारण ‘यसपटक १९ जनाको मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।”

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण राजधानीका विभिन्न ४० स्थानका भौतिक संरचनामा क्षति पु¥याएको बताएको छ । क्षतिका विवरणहरू सङ्कलन भइरहेको पनि विभागले बताएको छ ।