२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते, बयोधा अस्पतालमा भर्ना



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको म्याचका क्रममा छक्का भएको बलले लागेर चियर लिडर घाइते भएकी छन् ।

त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले छक्का हानेको बलले लागेर शर्मिला विक घाइते भएकी हुन् ।

विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

जनकपुरका रुपेश सिंहले फ्याकेको अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बलको छक्कामा चियर गरिरहेकी बिकको अनुहारमा लाग्दा उनी घाईते भएकी हुन् ।

उनको आँखा नजिक चोट लागेको छ । उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।