१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते, बयोधा अस्पतालमा भर्ना



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको म्याचका क्रममा छक्का भएको बलले लागेर चियर लिडर घाइते भएकी छन् ।

त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले छक्का हानेको बलले लागेर शर्मिला विक घाइते भएकी हुन् ।

विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

जनकपुरका रुपेश सिंहले फ्याकेको अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बलको छक्कामा चियर गरिरहेकी बिकको अनुहारमा लाग्दा उनी घाईते भएकी हुन् ।

उनको आँखा नजिक चोट लागेको छ । उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।